आउने भयो ‘टिस्टा पारीको साइनो’

tista-pariko-saino copyकाठमाण्डौ । नेपाल र सिक्किमको प्रेमकथामा आधारित ‘टिस्टा पारीको साइनो’ फिल्म आगामी पुष १० गतेबाट देश व्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।
फिल्मका निर्माताले पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी दिइएको थियो । त्यस्तै पत्रकार सम्मेलनमा सिक्किम सरकारका मन्त्री गर्जमान गुरुङले चलचित्रको ट्रेलर तथा गीतहरू सार्वजनिक गरेका थिए ।

खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको चलचित्रले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ । निर्देशक गुरुङले चलचित्रले गुरुङ समुदायमा प्रचलित घाँटु नाचलाई जोड्ने सम्बन्धलाई प्रस्तुत गरेको जानकारी दिए ।

वाइके मेघी गुरुङ र रोजर गुरुङको संयुक्त निर्माण रहेको चलचित्र ‘टिस्टा पारीको साइनो’ मा निर्देशकसहित अमिर गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ । (सौस)

प्रतिक्रिया