काठमाडौं, २३ कात्तिक । सदावहार नायक तथा प्लेवाईको छवि बनाएका नायक तथा निर्माता भुवन केसीसँगको डिभोर्सपछि फिल्म क्षेत्रबाट टाढारहेकी नायिका तथा निर्मात्री सुष्मिता केसी ५ वर्षपछि आफ्नै छोरा अनमोललाई लिएर अभिनयसँगै निर्माणमा फर्कने भएकी छिन् ।
छोरा अनमोल केसीलाई निर्माताको रूपमा अगाडि सार्दे सुष्मिताले नयाँ फिल्म ‘म त तिम्रै हुँ’ शीर्षकको फिल्म निर्माण गर्ने घोषणा गरेकी हुन् । आईतबार साँझ राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्र ‘म त तिम्रै हुँ’को पहिलो मुहार पोष्टर समेत सार्बजनिक गर्दै फिल्म निर्माण गर्ने घोषणा गरिएको हो ।
फिल्ममा अनमोल विसुद्व निर्माताको भूमिका मात्र निर्वाह गर्नेछन् । अनमोलले आफू खेल्दा फिल्मको कथा पहिले नै खुल्ने भएकाले नखेलेको संकेत गरे । ‘फिल्ममा युवापुस्ताको दैनिकी समेटिएको छ । आमा र छोराबीचको सम्बन्ध फिल्मको मुख्य कथा हो ।
मेरो उपस्थितिले कथाको रहस्य खुल्ने डर भएकाले निर्माताको रूपमा मात्र सहभागी भएको हुँ,’ अनमोलले भने । फिल्म क्षेत्रमा लगभग निस्क्रिय रहेकी उनले पूरानै माहोलमा फर्किएको बताउँदै पहिला झैं आगामी दिनमा पनि सबैबाट सहयोगको अपेक्षा राखेको बताइन् । फिल्ममा डेब्युडन्टहरूको बाहुल्यता रहेको छ । आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्स्ना योगी, अनुपम श्रेष्ठ, सुशन श्रेष्ठले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्नेछन् ।
निर्माणको घोषणासँगै छायांकनमा गइसेको फिल्म ‘म त तिम्रै हु नि’ लाई निर्देशक श्रीराम महतले निर्देशन गर्नेछन् । निर्देशनमा यही फिल्मबाट डेब्यु गर्नेछन् ।
त्यसैगरी फिल्ममा विजय लामा र सुष्मिताको पनि महत्वपूर्ण भूमिका रहेको छ । महिला संवेदना, युवा पुस्ताको कथालाई मुख्य प्लट बनाएको फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, सुस्मिताकै कथा, कृष्ण आचार्यको पटकथा तथा संवाद रहनेछ । फिल्ममा सुभाष थापाको पनि लगानी रहनेछ ।
प्रतिक्रिया