पाँचथर १६ कात्तिक । पाँचथरमा सोमबार एमालेले सरकारगठबन्धनमा रहेका पार्टी बिचको शुभकामना आदानप्रदानको आयोजना गरेको छ । नयाँ सरकार निमार्णसंगै गठबन्धनबीच शूभकामना साथै चियापानको आयोजना गरिएको हो ।
सत्ता गठबन्धनहरुबीचको कार्यक्रम भनिए पनि प्रतिपक्षका पार्टी प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा संघसस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको आयोजकका संयोजक तथा एमाले जिल्ला अध्यक्ष रामकुमार भण्डारीले जनाएका छन् ।
शुभकामना कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष मानदेव केरुङले स्वागत गरेका थिए भने प्रमूख अतिथि सिडिओ पुरुषोत्तम घिमिरे रहेका थिए ।
प्रतिक्रिया