इतिहास रच्ने मौका

प्रत्येक नेपालीलाई आफ्नो मातृभूमी प्राणभन्दा प्यारो छ । आफ्ना अग्रजहरूले प्राणको आहुति दिएर बचाएको देश भएको हुँदा आफूलाई नेपाल र नेपालीको परिचयका साथ सगर्व प्रस्तुत भएका छन् । जनता कसैले नेपाल र नेपालीमाथि हेपेको सहन तयार छैनन् । वरु आफ्नो प्राणको आहुती दिन तयार छन् । देशका लागि मर्नेहरू सधैं बाँचिरहने छन् । वलभद्र कुँवर, अमरसिह थापाहरू राष्ट्रिय विभुति बने । मरिचमान सिंह मरेर पनि बाचिरहे । अहिले फेरि भारतले नेपालमाथि नाकावन्दी गरी अघोषि युद्धको सुरुवात गरेको छ । पटक पटक मन्त्री बनेर नेपाली जनतामाथि शासक बनेका तराईवासी केही नेता भारतीय भूमिमा बसेर नेपालमाथि ढुङ्गा हान्दै छन् । सम्भवतः नेपालको इतिहासमा यस्तो घटना कहिल्यै भएको थिएन । राज्यका नीति नियमप्रति असन्तुष्टी हुनु स्वभाविक भए पनि मधेसी दलहरू अहिले जसरी प्रस्तुत भएका छन् ।

dhakaramसम्माननीय प्रधानमन्त्री केपी ओली तपाई नेपालको ३८ औं प्रधानमन्त्री बन्नु भएकोमा बधाई ! नेपाली जनताले नयाँ संविधान पाएको खुशीयाली मनाइरहँदा दिल्ली दरवार बल्याक आउट गर्दै थियो । त्येतिले मात्र सन्तुष्ट बन्न नसकेर तपाईलाई प्रधानमन्त्री हुनबाट रोक्न खुलेरै लाग्यो । नयाँ संविधान जलाउँदै हिडेका तराईका क्षेत्रीय पार्टीहरू ओली हराउँ भन्दै निर्वाचनमा भोट हाल्न आए । नेपालको राष्ट्रपति निवास र प्रधानमन्त्री निवास भारतीयहरूको नाङ्गो नाच खेल्ने ठाउँ भए । राजनीतिक सहयात्रा कायम राख्ने बाचा गरेको कांग्रेसले बाचा तोड्यो । यो सब नेपाल र नेपालीमाथिको अपमान त हुँदै हो । यति हुँदाहुँदै पनि तपाई प्रधानमन्त्रीको पदमा निर्वाचित हुनु सार्वभौम नेपालीको जीत भएको जनताले महसुस गरेका छन् । सम्भवतः सुसील कोइरालाले जितेको भए आन्दोलनरत मधेसी नेताहरू सत्तामा आउँथे र नेपालीले नाकाबन्दीबाट मुक्ती पाउथे होला । तर, जनता सार्वभौम बन्न पाउँदैनथे । तपाइको जीतसँगै नाकाबन्दीलाई सहर्ष स्वीकार्न नेपाली जनता तयार छन् । अब स्वयं सार्वभौम मुलुकको प्रधानमन्त्री बनिदिनुहोस् । तपाइलाई सफल कार्यकालको शुभकामना छ ।

तपाई नेपालको ३८ औँ प्रधानमन्त्री बन्नुबाटै थाहा हुन्छ यसअघि यो मुलुकमा ३७ जना प्रधानमन्त्री भएका थिए । समयसमयमा भन्दै आएजस्तोे फोटोमात्र झुन्ड्याउन भए पनि प्रधानमन्त्री बनेका भएर होला सङ्ख्याको गिन्तिमा परे पनि स्मरण गर्न लायक काम गर्न नसकेकै कारण उनीहरु जनताको मानसपटलबाट हराएका छन् । एक पटकमात्र होइन । धेरै पटक प्रधानमन्त्री बनेकाहरू पनि तिनले गरेका कामको मुल्याङ्कन गर्दा तिनको इतिहास संधै कालो अक्षरले लेखिने अवस्थामा रहेको छ । छोटो समय प्रधानमन्त्री बनेका भए पनि आफ्नो कार्यकालमा केही राम्रा काम गरेकाहरू भने सधैं सम्झनाको तरेलीमा नाचिरहेका छन् । धेरै अघिको कुरा छाडौँ २०४५ सालमा प्रधानमन्त्री बनेका मरिचमान सिंह (श्रेष्ठलाई) २०४६ सालमा बहुदल आइसकेपछि हेलाका पात्र बनाइए । राज्यले कुनै महत्व दिन आवश्यक ठानेन । उनले यो संसारवाट विदा लिइ सकेका छन् । तर कुनै बेला देश र जनताका पक्षमा गरेको कामले आज प्रत्येक नेपालीले उनलाई सम्झेका छन् । उनी मरेर पनि वाचिँरहेका छन् । तर, अपसोच नेपालको इतिहासमा सबै भन्दा धेरै पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला र मरिचमान सिंहलाई तुलना गर्दा गिरिजाप्रसाद कोइरालालाई भन्दा मरिचमान सिंहलाई उच्च सम्मानका साथ मूल्याङ्कन गरेका छन् । ६ पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला र ९ महिना प्रधानमन्त्री भएका मनमोहन अधिकारीलाई तुलना गरेर हेर्दामात्र थाहा हुन्छ जनताले मनमोहन अधिकारीलाई राम्रा काम गर्ने व्यक्तिका रुपमा र गिरिजाप्रसाद कोइराला देशलाई यो दुरगतिमा पु-याउने हिसावले मूल्याङ्कन गर्ने गरेका छन् । सवाल कति पटक कति समयका लागि प्रधानमन्त्री भए भन्दा पनि देश र जनताका पक्षमा कस्तो काम गरे भन्ने कुरा महत्वपूर्ण हुने हुँदा तपाईलाई सुझाव छ । सरकारको आयु लम्याउनेमा होइन देश र जनताको पक्षमा काम गरेर जनताको मुल्याङ्कनमा जीवन्त बन्न सक्नुहोस् ।

प्रत्येक नेपालीलाई आफ्नो मातृभूमी प्राणभन्दा प्यारो छ । आफ्ना अग्रजहरूले प्राणको आहुति दिएर बचाएको देश भएको हुँदा आफूलाई नेपाल र नेपालीको परिचयका साथ स–गर्व प्रस्तुत भएका छन् । जनता कसैले नेपाल र नेपालीमाथि हेपेको सहन तयार छैनन् । वरु आफ्नो प्राणको आहुती दिन तयार छन् । देशका लागि मर्नेहरू सधैं बाँचिरहने छन् । वलभद्र कुँवर, अमरसिह थापाहरू राष्ट्रिय विभुति बने । मरिचमान सिंह मरेर पनि बाचिरहे । अहिले फेरी भारतले नेपालमाथि नाकावन्दी गरी अघोषि युद्धको सुरुवात गरेको छ । पटक पटक मन्त्री बनेर नेपाली जनतामाथि शासक बनेका तराईवासि केही नेता भारतीय भुमिमा बसेर नेपालमाथि ढुङ्गा हान्दै छन् । सम्भवतः नेपालको इतिहासमा यस्तो घटना कहिल्यै भएको थिएन । राज्यका नीति नियमप्रति असन्तुष्टी हुनु स्वभाविक भए पनि मधेसी दलहरू अहिले जसरी प्रस्तुत भएका छन् । त्यो प्रक्रिया सरासर देशद्रोही किसिमको छ । त्यस्ता देशद्रोही अपराधिहरूलाई पक्रेर जेल हाल्दै सार्वभौम मुलुकको गरिमालाई उँचो पार्न सरकार लाग्नुपर्छ । जनताले यही चाहेका छन् । भविष्यमा सरकारको मुल्याङ्कन पनि यसैको वरिपरि रहेर गर्ने छन् । कठोर सङ्कटबाट मुक्ति पाउन कठोर पाइला चाल्नु पर्छ – लुसन । त्यो अवस्था अहिले राज्यका अगाडी आएको छ । त्यसलाई बुझ्न् सक्नुपर्छ ।

भारतले महिनौं देखि लगाएको आर्थिक नाकावन्दीको कुनै प्रवाह नगरि स्वभिमानको लडाई भन्दै जनताहरू समस्यासँग आफैँ जुधेका छन् । वर्ष दिनको एक पटक घर परिवारमा बसेर मनाउने दसैं जस्तो महत्वपूर्ण चाडपर्वमा समेत सरकार मलाई घर जाने व्यवस्था मिलाइ देउ भनेनन् । वरु जसरी हुन्छ त्यसै गरी मनाए । जसले आफूलाई नेपाली हुँ भन्ने गर्व गर्छ त्यसले मधेसी नेताहरूले जुन खालको हर्कत गरेका छन् पहिला त्यसको कानूनी उपचार खोजेका छन् । अहिले नेपाली जनताले सरकारवाट ठूलो आशा केही गरेका छैनन् । भारतले नाकावन्दी लगायो त्यसकारण सरकारले जनतालाई इन्धन दिन सक्दैन तर दिन दहाडै जिउँदै आगो लगाउने, सार्वजनिक सम्पति तोडफोड गर्ने, भारतमा डेरा, डण्डा जमाएर नेपाली भूमिमा आक्रमण गर्ने अपराधिलाई पक्रन नसक्ने हो भने सरकारले गर्ने के हो ? सरकार केका लागि ? देशमा सरकार भएको अनुभूति जनताले गर्नु पपर्दैन र ? जनताले राहत होइन राष्ट्रमाथि परेको सङ्कट निराकरण होस् भन्ने चाहेका छन् ।

नेकपाले शुरुदेखि नै भारतीय विस्तारवाद मुर्दावाद भन्ने नारा लगाएकै हो । भारतले नेपालमाथि थिचोमिचो गर्दै आएको छ भन्ने बारेमा कोही पनि अनभिज्ञ छैनन् । जुन कुरालाई शासकले वुझ पचाउँदा आजको स्थिती आएको हो । समस्यासँग जुधेर त्यसको दिर्घकालिन समाधान पत्ता लगाउन सक्नु कुशल नेतृत्व हो । जुन भूमीकामा नेपाली जनताले आशा गरेका व्यक्ति प्रधानमन्त्री भएको अवस्था छ । हुन पनि सक्षम नेतृत्व त्येही ठहरिन्छ जसले समस्याको समाधान निकाल्छ । अहिले नेपाली जनताको चाहाना भनेकै दशकौँदेखि नेपालले भोग्दै आएको भारतीय हस्तक्षेपको अन्त्य हो । त्यसका लागि पहिला भारतीय भूमिमा बसेर नेपालमाथि ढुङ्गा बर्साउनेहरू माथि कारवाही गरेर शुरु गर्नुपर्छ । यो पनि प्रष्ट छ उनीहरूलाई कारवाही गर्दा यो भन्दा ठूलो नाकावन्दी व्येहोर्नु पर्ला तर नेपाली जनता त्यो सहन तयार छन् । शासक तयार हुने की नहुने भन्ने प्रश्न यहाँनिर छ । शासक र नेताको मुल्याङ्कन कठिन घडीमा हुने छ । त्यसको आधार यही बन्दै छ ।

मधेसका नाममा उठाइएका माग भारतीय शासकको चहानामा उठाइएका हुन् । ति मागलाई सम्बोधन गर्नु नेपाली जनताको अपमान गर्नु हो । हुनत अधिकाङ्श नेताहरू भारतीय राजदुतावासले अह्राएको मान्ने र दिएको खानेहरू छन् । नेताहरूले आफ्नो स्वभिमान गिराएका भए पनि नेपाली जनता त्यो हदसम्म पुगेका छैनन् । तथापि नेताहरू पनि भारतको व्यवहारबाट आजीत भएकै कारणले हुनुपर्छ प्रचण्डले ‘हामी भारतको छिमेकी मित्र हुनसक्छौं तर, एस मेन चाँही वन्न सक्दैनौँ’ भनेका थिए ।

भारतीय भूमीमै बसेर आन्दोलन गर्दै यो ठाउँसम्म आएका प्रचण्ड त यतिसम्म गम्भिर बनेका छन् भने बेला मौकामा राहत लिएका, छोराछोरी पढाइदिएर गुन लगाएको भनेर कोही दास बन्न खोज्दै छ भने उसले पनि सोच्ने बेला आएको छ । नेपाली जनता आफ्ना नेतालाई समेत स्वतन्त्र वनाउने अभियानमा तयार छन् । त्यसका लागि जनताले नेताको साथ खोजेका छन् । त्यसरी साथ दिनेमा अहिलेका प्रधानमन्त्रीलाई आसाका केन्द्र मानेका छन् । सरकार बनेको पनि यतिका दिन भइसक्यो । आजसम्म सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले समस्याप्रति ध्यान दिन नपाएको भए पनि अव एकमात्र निसाना नेपाली जनतालाई भारतको दासताबाट मुक्त गराउने नै हुनुपर्छ । इतिहासले त्यो मौका दिएको छ । इतिहास कस्तो कोर्ने हो समयले प्रतिक्षा गरिरहेको छ ।

प्रतिक्रिया