प्रधानमन्त्रीसँग जनअपेक्षा

बडो अप्ठ्यारो समयमा प्रधानमन्त्री बन्नु भएका नेकपा एमलोका अध्यक्ष केपी शर्मा ओली अलिहेसम्म आफूलाई परेको समस्या सफलतापूर्वक समाधान गर्ने नेतामा दरिनु भएको छ । यो पटक भने राष्ट्रिय, अन्तर्राष्ट्रिय बहुआयमिक समस्याबाट राष्ट्र र जनतालाई मुक्त गर्नुपर्ने दायित्व उहाँमा आएको छ । यसलाई प्रधानमन्त्रीले सकुशल समाधान गर्न सक्नु भयो भने उहाँ राष्ट्रिय नेताको उच्चतामा पुग्नु हुनेछ ।

gobinda_pokhrelराष्ट्र र जनता अप्ठ्यारो अवस्थामा परेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नु भएको छ । उहाँका सामु कठिनखाले थुप्रै चुनौतीहरू बग्रेल्ती फिजिएका छन् । अवस्था पेचिलो छ । तथापि, समस्याहरू समाधान गर्दै अहिलेको अवस्थालाई सहजतातिर उन्मुख गराउने जिम्मेवारी नयाँ प्रधानमन्त्रीकै काँधमा आएको छ । आफ्नो अडानमा रहन सक्ने, वचनको पक्का, सबैलाई मिलाउन सक्ने क्षमताका धनी प्रधानमन्त्री ओली अहिले भने निकै कठिन अवस्थामा हुनुहुन्छ । भूकम्पले क्षतविक्षत बनाएको बेला छिमेकी राष्ट्र भारतले ‘मरेपछि कात्रो’ भनेजस्तै गरी नाकाबन्दी गरेर नेपाली जनतालाई झन कष्ट दिएको छ । एकपछि अर्को कष्ट भोगिरहेको राष्ट्रलाई सकुशल मुक्त गर्नु निकै कठिन देखिन्छ । भूकम्पपपछि घरबारविहीन बन्न पुगेका जनतालाई राहत महसुस हुने गरी काम गर्नु छ भने भारतले लगाएको नाकाबन्दी खोल्न कुटनीतिक पहलसहित उच्चस्तरको राजनीतिक वार्ताद्वारा अति छिटो समस्या समाधान गर्नुपर्ने अवस्था छ । यो अवस्थालाई सामान्य रूपमा लिँदै ढिला गरियो भने अरू जटिलता बेहोर्नुपर्ने हुन सक्छ । तसर्थ, आफ्नो स्वाभिमान गुम्न नदिई छिटोभन्दा छिटो भारतसँग वार्ता गरेर नाकाबन्दी खोल्नेतर्फ सरकार अग्रसर हुनुपर्छ ।

नयाँ प्रधानमन्त्रीले गर्ने काम आफ्नो प्राथमिकतामा पक्कै राखिराख्नु भएको होला तर राष्ट्रिय शक्तिहरूलाई समेत आफ्नो विश्वासमा लिएर प्राथमिकताका कामहरू बारे छलफल चलाउँदा अरू उत्तम हुन्छ । अहिले संविधान निर्माणको सहयात्री सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, प्रधानमन्त्रीको हारबाट पीडा अनुभव गरिरहेको छ । संविधान घोषणा भएको भोलिपल्ट राजीनामा दिन्छु भन्ने कांग्रेस सभापति सुशील कोइराला आफ्नो वचनमा अडिन सक्नु भएन । भद्र सहमति पनि तोड्नु भयो । यी कुराहरू आफ्नो ठाउँमा छन् । पछि नैतिकता र इमान्दारिताका विषय उठ्दा कोइरालालाई अप्ठ्यारो महसुस हुने नै छ अहिलेलाई भने नेपाली कांग्रेसलाई समेत नवनियुक्त प्रधानमन्त्रीले सहमतिमा ल्याउन कोसिस गर्नुपर्छ । एकातिर भूकम्पले दिएको पीडा, अर्कोतिर छिमेकीले थोपरेको कष्ट, यता आप्mने कारणले प्रतिपक्षमा पुगेको सहयात्री छुटेको अवस्था र नेपालीको महान चाड वडादसैंको अवसरमा पनि नेपाली जनताले भोग्नु परेको व्यथालाई मनन गर्दै प्रधानमन्त्रीले आफ्ना कदमहरू चाल्नुपर्छ । नेपाली कांग्रेसले गल्ती ग¥यो वा धोका दियो भनेर त्यसलाई दुत्कार्न मिल्दैन । यसलाई कजाएर मेलोमा हिँडाउनु नै बुद्धिमानी हुन्छ । देशको जटिल अवस्था प्रति गम्भीर बनेर कांग्रेस पनि समस्या समाधान गर्ने सवालमा सहमतिमा आउनुपर्छ । नेपाली कांग्रेस सहमति, सहकार्य र मेलमिलापमा विश्वास गर्ने दल भएको हुँदा राष्ट्रलाई अप्ठ्यारो परेको बेला रचनात्मक भूमिका निर्वाह गर्न कन्ज्युस्याइँ गर्नु हुँदैन ।

अहिले वर्तमान सरकारको मुख्य समस्या भनेको नाकाबन्दी हो । यो नाकाबन्दीले सिंगो राष्ट्रलाई अपूर्णनीय क्षति पु¥याएको छ भने जनतामा पीडा व्याप्त छ । बडो चतुर्तापूर्वक, स्वाभिमानका साथ छिमेकी मुलुक भारतसँग उच्च स्तरको कुटनीतिक पहल गर्नुप¥यो । अन्यथा ग्याँस र तेलको हाहाकारले राजनीतिक रूप ग्रहण गर्न सक्छ । किनभने यस्तै तरल अवस्थामा राजनीतिको खोल ओडेको अराजनीतिक तत्वले फाइदा उठान खोज्नु स्वभाविक हो । वर्तमान सरकराले आफ्ना सम्पूर्ण काम थाँति राखेर भए पनि चाडपर्वमा जनतालाई थोरबहुत ग्याँस र पेट्रोल उपलब्ध गराउनै पर्छ । अहिले ग्रामीण क्षेत्रका जनताभन्दा सहरी क्षेत्रका जनताले बढी पीडा भोगेका अवस्था छ । काठमाडौंका अधिकांश जनताको घरमा चुलो बल्न छाडेको छ । सर्वसाधारणको दैनिक चौपट भएको छ । काठमाडौंमा व्यवसाय गरेर बसेका, विद्यार्थी, अन्य पेसामा संलग्न र काम विशेषले आएकाहरू घर जान छटपटाइ रहेका छन् । उनीहरूलाई घर जाने व्यवस्था सरकारले यथाशक्य छिटो गर्नुपर्छ । किनभने काठमाडौंमा जनसंख्या घट्नु भनेको राजधानीको आधा समस्या समाधान हुनु हो । तत्काललाई कसरी समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल र मनन गर्न जरुरी छ । जसले जतिसुकै गफ, तर्क, वितर्क, कुतर्क गरे पनि अहिले ग्याँस र पेट्रोलियम पदार्थ आपूर्ति गर्ने नेपालसँग भारतबाहेक अन्य विकल्प छैन । तत्कालै भारतसँग कुटनीतिक हिसाबले समस्या समाधानको उपाय खोज्ने र भविष्यका लागि दीर्घकालीन योजना बनाउँदै अन्य विकल्प रोज्ने काम सरकारले गर्नुपर्छ । बडो अप्ठ्यारो समयमा प्रधानमन्त्री बन्नु भएका नेकपा एमलोका अध्यक्ष केपी शर्मा ओली अलिहेसम्म आफूलाई परेको समस्या सफलतापूर्वक समाधान गर्ने नेतामा दरिनु भएको छ । यो पटक भने राष्ट्रिय, अन्तर्राष्ट्रिय बहुआयमिक समस्याबाट राष्ट्र र जनतालाई मुक्त गर्नुपर्ने दायित्व उहाँमा आएको छ । यसलाई प्रधानमन्त्रीले सकुशल समाधान गर्न सक्नु भयो भने उहाँ राष्ट्रिय नेताको उच्चतामा पुग्नु हुनेछ ।

समस्याबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाल र नेपालीको शिर झुक्न नदिने दायित्व नवनियुक्त प्रधानमन्त्रीको हो । विभिन्न खाले आक्षेपहरूबाट मुक्त भएर दृढइच्छा शक्तिका साथ अगाडि बढ्ने हो भने व्याप्त समस्यालाई उहाँले सफलतापूर्वक समाधान गर्न सक्नु हुन्छ । यस प्रक्तिकारले चिनेको प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुरामा अडिग, स्पष्ट वक्ता, समस्याको पहिचान गरी समाधान गर्ने खुबी र राष्ट्र साथै जनताप्रति जिम्मेवार बन्ने आत्मा भएका व्यक्ति हुनुहुन्छ । उहाँमा रहेको आत्माशक्ति अन्य नेतामा विरलै पाइएला । पार्टी जीवनका आन्तरिक द्वन्द्वहरूलाई विस्थापित गर्दै र नरमकरम सबैलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रधानमन्त्रीलाई सबै क्षेत्रको सहयोग भने आवश्यक पर्छ नै । उहाँले सबै दल, जनता र मुख्य गरी सरकारमा साझेदार दल साथै प्रतिपक्षको समेत सहयोगको अपेक्षा गर्नुभएको छ । प्रधानमन्त्री बनीसकेपछिका विभिन्न कार्यक्रममा सबैको सहयोग हुनुपर्छ भन्ने धारणा पनि राख्नुभएको छ । यसर्थ उहाँले सबैको सहयोगद्वारा अहिलेको जटिल समस्या समाधान गर्नुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

जन्मिँदै संघर्षशील जीवन पाउनु भएका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताले रुचाएका राजनीतिज्ञ मध्ये एक हुनुुहुन्छ । एमाओवादीलाई साइजमा ल्याउँदै नेपाली कांग्रेसलाई पनि साथमै हिँडाएर संविधान जारी गराउन सायद अन्य नेताले सक्ने थिएनन् । अहिलेको समस्याबाट पनि मुलुकलाई उहाँले सकुशल मुक्त गरसाउनु हुनेछ भनेर आश गर्ने ठाउँ प्रसस्त छन् ।

उहाँलाई तत्कालका समस्या समाधान गर्दै नेपाललाई विकासको मार्गमा अग्रसर गारउने सफलता मिलोस् भन्ने कामना गर्दै सफल कार्यकालको हार्दिक शुभकामना ।

प्रतिक्रिया