दसैँको सेरोफेरो

नवरात्रिभरि पूजा गरेको दसैंँघरमा विजयादशमीका दिन देवी अपराजिताको विशेष पूजा गरी सप्तशतीपाठको अन्तिम अध्याय एवं क्षमाप्रार्थनासमेत गरिन्छ । पूर्णपात्र, ब्राह्मणलाई यथाशक्य दान, हवनादि कार्य सम्पन्न गरी विसर्जन पूजापछि आफ्ना मंगलकारी इष्टदेव, कुलदेव, पितृदेवहरूलाई रातो दही अक्षता, फूल, दुवो, जमरा अर्पण गरिन्छ । अघि भित्र्याइएको फूलपाती विसर्जनपछि गुरु, पुरोहित मान्यजनका हातबाट मूलघडाको जल अभिषेक गर्दै मंगलसूचक टिकाप्रसाद वितरण आरम्भ गरी विजयादशमीको उत्कर्षणतिर अन्मुख होइन्छ ।

achhut prasad poudelनवरात्रिको विशेषपक्ष हो महाअष्टमी ! दसैँको उत्कर्ष अष्टमीदेखि नै सुरु हुन्छ । महाअष्टमीका दिन पूजा गरिने देवी हुन् महागौरी ! यसदिन घरघरमा पशुपक्षीको बलि दिने चलन देखिन्छ । शक्तिपीठहरूमा रगतको आहाल नै देखिन्छ । अघि असुरहरूले महादेवीप्रति जाइलाग्दा महिषमार्दिनीदेवीले असुर दैत्यहरूलाई मार्न लाग्दा भागी ज्यान बचाउने क्रममा पशुपंक्षीका रूपमा रहन लागेको र तिनलाई नै भए पनि खोजी खोजी मार्ने क्रममा पशुपक्षी वध गरी बलि दिई देवीलाई खुसी गराउने चलन चलेको देखिन्छ ।

बलिदिने क्रममा दुर्गापूजापछि बोकालाई जलसेचन गरिन्छ । बोकालाई पूजा गर्दै धूप, दीप, नैवेद्य गरेर बोकाको प्रार्थना गर्दै उसलाई मोक्ष गराउने क्रममा दाहिने कानमा ३ पटक मन्त्र श्रवण गराइन्छ । पशुपाशबाट मुक्ति प्राप्त गराउने सो मन्त्र प्रदान गर्दै खड्गपूजापछि बोकालाई पर्साउने गरिन्छ । छागवलीको संकल्प राजसम्मान, दीर्घायु, वल प्राप्तिका लागि हे देवी दुर्गा तिमीलाई यो बोकोबलि अर्पण गर्दछु भनी प्रतिज्ञा गरिन्छ ।

सात्विकपूजामा संलग्न व्यक्तिहरूले पशुबलि नदिई कुभिण्डाको अथवा वेलको फल अर्पण गर्नुपर्ने विधान रुद्रयामलमा पाइन्छ । मांसाहार नगर्नेहरूले मूला, घिराँैला, कुभिण्डो, नरिवल, बेल आदि अर्पण गरेर बलिको पूर्णता गर्न सकिन्छ । महाअष्टमीका दिन दसैँकोठामा शुद्ध आसन, पूजासामाग्री तयार गरी पायस फलपूmल, बस्त्र, सौभाग्य, नैवेद्यसहित दुर्गाको ध्यान गर्दै जयन्ती, मंगला, काली आदि देवीका विशेषनाम उच्चरण गर्दै देवीको वन्दना गर्नुपर्छ । अष्टमातृकाको पूजासहित, विशेष देवीमन्त्रले हवन, भैरवको पूजा आदि गरिन्छ ।

अष्टमीकै रात्रिमा कालरात्रि गर्ने चलन पनि रहेको छ । कालरात्रि गरी पूजा गर्दैै भोलिपल्ट महानवमीका दिन बिहान सयौंँ राँगाको बलि दिने चलन रहेको छ । राँगालाई महिषासुरको रूप मानिन्छ । अघि महामाया देवीप्रति दानवहरू मोहित भएछन् । शुम्भ, निशुम्भ आदिले देवीप्रति बिहेको प्रस्ताव राखेछन् । दानवसंहारको क्रममा रहेकी देवीले यसै मौकामा ‘युद्धमा विजय गर्नेसँग बिहे गर्ने मेरो संकल्प छ’ भन्ने प्रस्ताव राख्नु भएकाले सबैजसो दानवहरू युद्धमा होमिँदै आपूm अन्त्य भएछन,्  कोही भाग्न लागेछन् । भाग्ने र आपूmलाई बचाउने क्रममा राँगा, बोका, कुखुरा जस्ता पशुपंक्षीको रूपमा प्रवेश गरेको बुझी नवमीका दिन देवीले यी सबैलाई खोजेर मार्न लागिछन् । देवीको आर्को नाम मोहिनी पनि हो सबैलाई मोहित पारी असुर वध गरेको सम्झना स्वरूप महाअष्टमी, महानवमीमा खास गरी शुभ विजयोत्सवको रूपमा मान्ने चलन चलेको देखिन्छ । महिषासुर नामक राक्षस राँगोको रूप लिई युद्ध गर्न आएको र उसलाई पनि देवीले सखाप पारिदिएको संझनामा राँगाको बलि दिने र पशुपक्षीको रगत देवीलाई अर्पण गर्ने गरिएको हो ।

बडादसैँको उत्कृष्ट चाडको रूपमा घरघरको जमरा कोठामा विशेष पूजा, बलि दिने चलन अनुसार पूजा सम्पन्न गर्दैै अष्टमी, नवमीका दिन सुविधाअनुसार घर, कार्यालयमा रहेका सवारी साधनहरूको विशेष पूजा एवं बलि दिने गरिन्छ ।

अष्टमीको अर्को पक्ष छ तलेजुभवानीको विशेष पूजा ! भक्तपुरस्थित तलेजुमन्दिरमा यसदिन विशेष भीडभाड हुन्छ । दुर्गाको रूपमा पूजा गरिने यी देवीलाई  ८४ प्रकारका नैवेद्य कालरात्रिमा चढाई विजयादशमीका दिन प्रसाद ग्रहण गर्ने चलन छ । महाअष्टमीकै दिन काठमाडौंको तलेजुमन्दिर पनि सबैका लागि खुला हुन्छ र नवमीका दिन सयौँ राँगाको बलि दिइन्छ ।

वैदिकसाहित्यमा भवानीलाई भवरोगनाशिनीदेवी भनिएको छ । भय दूर गर्ने भवानीको उदय अष्टमीकै दिन भएको मानिन्छ । चैत्रशुक्लअष्टमीमा उत्पत्ति भएकी भवानी आश्विनशुक्लअष्टमीमा भगवतीको रूपमा उदय भएको मानिन्छिन् । सम्पूर्ण संसारको कार्यकारी शक्तिलाई हातमा लिएकी भगवती सामु कालखण्डका सम्पूर्ण देवता, सुर, असुर, जीव र जगत् एउटा खेलौना समान भनी देवीभागवतको प्रारम्भिक वन्दनामै व्याख्या गरिएको छ ।

सप्तशतीचण्डीमा देवीका ब्राह्मी, वैष्णवी, कौमारी, बाराही, महेश्वरी रूपको चर्चा भएको छ । उनका शक्ति र कार्यबारे विस्तृत चर्चा गर्न निकै कठिन छ । संसारको उत्पत्ति, स्थिति र प्रलय उनैबाट हुने गर्छ । प्रकृति र पुरुषरुपी यो संसारको संहारपनि उनैबाट हुन्छ । देवताहरू सामु प्रर्थनाबाट खुसी भएकी देवीले आपूm ब्रह्मस्वरुपिणी भएकीले सर्वत्र एकछत्र शक्तिका रूपमा उनलाई हेर्न भनेकी छिन् । उनका २ प्रमुख स्वरुपमा सबै जीवमा चित्स्वरुप परासत्ता र सबै पदार्थमा जड्स्वरुप अपरासत्ता स्वीकार्न भनेकी छिन् । दानवहरूमाथि विजय प्राप्त गेरकी देवी देवताहरूलाई ब्रह्म सत्ताको बोध गराउँछिन् । सम्पूर्णमा तेज, ओज र वैभव दिने देवी दुष्टहरूका लागि दुवुद्र्धिका रुपमा र सज्जनहरूका लागि सुकीर्तिमा स्थापित हुन्छिन् ।

शास्त्रहरू प्रतिकात्मक हुन्छन् । सप्तशतीमा वर्णित रक्तवीज मानवमा भएको रक्तदोष हो । रक्तचाप, अनेकौँ विकार, कुण्ठा र वैमनस्याताहरू एकपछि अर्को वढ्दै जान्छन् । शुम्भ र निशुम्भ मान्छेको शंका र उपशंका हो । महिषासुर शरीरको बडप्पन, मान, पद, प्रतिष्ठाको बडप्पन हो, चण्ड र मुण्ड मानिसका आवेग, तनावहरू हुन् । धुम्रलोचन आँखाको दृष्टिभ्रम हो, अज्ञानताको पर्दामा ढाकिदा ज्ञानरुपीे दिपज्योति प्रकाशित हुन सत्तैmन । ज्ञान, विवेक, संयम र तनावरहित जीवनबाट आवेग, क्रोध, इष्र्या, वैमनस्यताहरू हटेर जान्छन् । आसुरीप्रवृत्तिहरू हट्छन् । यी सवैको बलिदान साँचो बलिदान हो । बलिदान भन्नाले त्याग हो, आत्मसमर्पण हो । क्रोध, आवेग, तनाव, चिन्तारुपी बोको बुद्धिको बलिदान हो । दुर्वुद्धिको बलिदान हो । रगतका थोपाथोपा शुद्धीकरण गर्दै समाजप्रति समर्पण हुनु भनिएको हो । मानवमा भएका ती दुर्वलताहरूलाई बलिदान गरी प्रेम, सदाचार, भाइचारा स्थापित गर्नु हो । देवी संसारकै आमा भएकीले कुनै जीवहरू काखमा राखेर हत्या गर्न कुनै आमाले पनि स्वीकार गर्ने कुरै आउँदैन ।

घरघरमा वा शक्तिपीठहरूमा बलिदान गर्नुपर्ने हिंँसा र क्रोध नै हो । अष्टमी, नवमीको संकेतले जीवनको असी, नव्वे वर्षको संकेत गर्छ । यतिवेला जीवनमा वाँकी रहेका सवै आसुरी भावको बलिदान गरी मोक्ष प्राप्तिको प्रयासका लागि देवीको उपासना भनिएको हो । अर्को कुरा महागौरीको पूजाको संकेत जीवनको  ८०।९० को समयमा पुनः गौरी अर्थात् वाल्यभाव जस्तो ह्रदय कोमल हुन्छ भनिएको हो । यसर्थ आफ्नो हिंसा आदि भावलाई बलिदानको सट्टा पशुपक्षी जस्ता अवोध प्राणीहरूलाई बलिदान दिनु दया, शान्ति, करुणा, मैत्री चाहने कुनैपनि  मानिसका लागि सुहाउने कुरा होइन । प्राणी हत्या गरी जिभ्रोको स्वादमा रम्नु राम्रो हुँदैन ।

कलकार्खानामा विश्वकर्मा पूजा, वाहन, मेशिन, हात्ती, घोडा आदिको पूजा गरी आवश्यकतानुसार बलिदिने कार्य प्राय नवमीका दिन गरिन्छ । कन्यापूजा आदि पनि प्रायः यसै दिन गर्ने गरिन्छ । जमरा कोठामा भगवती सिद्धिदाताको विशेष पूजा गरी सम्पूर्ण रुपमा सिद्धि प्राप्ति होस् भन्ने प्रार्थना गर्दै भोलिपल्ट सर्वत्र विजयको शुभकामना आशीर्वाद प्रदान गर्ने शक्ति सक्षमता प्राप्त हुन प्रयास गरिन्छ ।

नवरात्रिभरि पूजा गरेको दसैंँघरमा विजयादशमीका दिन देवी अपराजिताको विशेष पूजा गरी सप्तशतीपाठको अन्तिम अध्याय एवं क्षमाप्रार्थनासमेत गरिन्छ । पूर्णपात्र, ब्राह्मणलाई यथाशक्य दान, हवनादि कार्य सम्पन्न गरी विसर्जन पूजापछि आफ्ना मंगलकारी इष्टदेव, कुलदेव, पितृदेवहरूलाई रातो दही अक्षता, पूmल, दुवो, जमरा अर्पण गरिन्छ । अघि भित्र्याइएको पूmलपाती विसर्जनपछि गुरु, पुरोहित मान्यजनका हातबाट मूलघडाको जल अभिषेक गर्दै मंगलसूचक टिकाप्रसाद वितरण आरम्भ गरी विजयादशमीको उत्कर्षणतिर अन्मुख होइन्छ ।

सर्वत्र शुभकामना, हर्ष, श्री, विजय, उत्साह, उमंग एवं कल्याणको कामना गर्दै टीकाप्रसाद वितरण गरिन्छ । पुरुषजातिलाई टिका वितरण गर्दा अश्वत्थामाको जस्तो आयु, दशरथको जस्तो श्रीऐश्वर्य, रामचन्द्रको जस्तो शत्रुविजय, नहुषको जस्तो ऐश्वर्य, वायुकोझैँ गति, दुर्योधनकोझैँ सम्मान, भीष्मकोझैँ शुरता, बलरामकोझैँ वीरता, युधीष्ठिरकोझैँ सत्यता, विदुरकोझैँ विद्धत्कला र भगवान् नारायणकोझैँ कीर्ति होस्, कल्याण होस्, चिरायु रहोस् पशुवाहनादि, हात्ती घोडा वढून, धन्यधान्यले पूर्णभई  ऐश्वर्य वैभवशालीको साथै भगवान्मा स्थिर भक्ति लागोस् निरन्तर लागिरहोस् भन्ने शुभकामना दिई परमेश्वर दाहिना होऊन् भनी प्रार्थना गरिन्छ ।

स्त्रीहरूलाई टिका, आशीर्वाद पनि करिव उस्तै हो र पनि देवी कालरात्रिका रुपमा रहेकी, जयन्ती र मंगला अनि भद्रकालीरुपी, दुर्गा, क्षमा, स्वाहा र स्वधादेवी तिमीलाई वन्दना गर्दछु, हे चामुण्डादेवी सर्वत्र विजय रहोस्, सवैमा व्याप्त रहेर प्राणी रक्षागर्ने सामथ्र्य प्राप्त होस् भन्दै स्तुति गरिन्छ ।

यसरी मान्यजन, आफन्त, गुरु, पुरोहित, स्वजन, सज्जनहरूका हातवाट विधानले टिकाप्रसाद लगाइने र यसरी टिकाप्रसाद दिने सामथ्र्य राख्ने दसैँपर्व विधानमा हेलचेक्रयाई भयो भने, पूजाविधानमा त्रुटि भयो भने, अथवा हलुका रुपमा हेरियो भने निश्चय नै मनोकामनाहरू पूर्ण हुँदैनन्, सिद्धि पनि प्राप्त हुँदैन ।

विजयादशमीलाई टाढा रहेका आफन्तको भेटघाट र संयोगको रुपमा पनि लिने गरिन्छ । मुलुकको भौगोलिक बनावट, टाढारहेका आफन्तहरूकोसमेत ध्यान राखी दसैंँको जमरा, टिका र प्रसादग्रहण गर्ने समय झण्डै कोजाग्रतपूर्णिकादिनसम्म कायम राखी दसैँंलाई १५ दिने लामो समयपछि विसर्जन गर्ने गरिएको पाइन्छ । राजधानी काठमाडौँलगायत मुलुकका कतिपय अन्यक्षेत्रहरूमा यो चलन अद्यापि छ र पनि कतैकतै विजयादशमीका दिनभरि टिकाप्रसाद सम्पन्न गरी विसर्जन कार्य समापन गर्ने गरिएको पनि पाइन्छ ।

आश्विनशुक्लप्रतिपदादेखि १५ दिनसम्म वडो धूमधामसहित बडादसैंँ पर्व मान्ने चलन मल्लकालदेखिनै भएको कुरा गोपालराजवंशावलीमा पाइन्छ । मल्लाराजाहरूले खड्ग स्थापना गरी देवी साधना गर्ने गरिएको इतिहास पाइन्छ । चाडहरूमा सवैभन्दा ठूलो रहेको दसँैंले सवैमा एकता, सद्भाव, स्नेह र मित्रता कायम राखी पुरानो कल्मषलाई हटाई नयाँ ऊर्जा दिने परम्परागत मान्यता नै हो । विगत केहीवर्ष यतादेखि साविकमा कोजाग्रतपूर्णिमासम्म सार्वजनिक विदा दिने चलन हटाई एकादशीपछि लगत्तै सार्जनिक कार्यालयहरू खुल्ने गरेका र साविकमा राष्ट्रसेवक कर्मचारीहरूलाई दिँदैं आएको १ महिनाको तलव हाल चाडपर्वअन्तर्गत दिन थालिएको देखिन्छ ।

जे होस् दसैँको रौनक कोजाग्रत पूर्णिमासम्म रहन्छ । कोजाग्रतपूर्णिमाका दिन स्थापित जमरा सेलाई साँझ महालक्ष्मीको पूजा सम्पन्न गरेपछि दसँैपर्व समापन हुन्छ । घरघरमा को को जागाछन् र तिनलाई धनको वर्षा गराउन योग्य छ भनी स्वयँ देवी महालक्ष्मी हरेकका घरघरमा आई हेर्ने र परापूर्वकालमा गरीवका घरमा पसी धनको वर्षा गराएर गएकी र सो गरीव व्यक्ति सो दिन रातमा जागा रहेका  समय परेकाले सो दिनदेखि कोजाग्रतपूर्णिमा अर्थात को जागै छ भन्ने नामकरण हुँदै हालसम्म सो दिन विशेष धनधान्यकी प्रतिक महालक्ष्मीको पूजाआजा गर्ने चलन रहेको मानिएको छ ।

प्रतिक्रिया