पाँचथर, १७ असोज । जिल्ला शिक्षा कार्यालय पाँचथरले जिल्लाका सामुदायिक विद्यालयहरूमा अनलाईन शिक्षामा (ई–शिक्षा) पठन–पाठन गर्न गराउनलार्ई पहल थालेको छ । यसको आवस्यक गृहकार्यका लागि जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको कार्यकालमै नेपालको अध्यक्षतामा सुरु गर्न सरोकारवालाहरूको बैठकले तीन सदस्यीय कार्य समिति बनाएको छ ।
कार्यालयका योजना अधिकृत युगमणि सवेनहाङ्को संयोजकत्वमा फिदिम श्रोत केन्द्रका स्रोत व्यक्ति विनोद ठाकुर र राधाकृष्ण न्यौपाने सदस्य रहेको समिति बनेको हो । समितिले तत्काल जिल्लाको इन्टरनेट तथा विद्युत पहुचको अवस्था अध्ययन गरेर ई–शिक्षा अध्ययन अध्यापन गराउनलार्ई पूर्वाधारको काम थाल्ने निर्णय भएको छ । यही शैक्षिक शबकोे तीन महिनाभित्रमा जिल्लास्थित सवै विद्यालयहरूमा लागु गर्ने योजनाकासाथ यो कार्यक्रम फिदिमका विद्यालयबाट पहिलो चरणको रूपमा थाल्ने तयारी छ ।
अमेरिकाको इ–क्वालीटी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा ई–शिक्षा लागु गर्न लागिएको हो । मावि, उमाविका विद्यार्थी लाभान्वित हुने गरी लागु गर्न लागिएको विद्यालयमा १५÷२० वटा कप्युटर तथा ट्यावलेट राखेर ई–शिक्षा सञ्चालन गर्ने बताइएको छ ।
अनलाईन शिक्षाका विषयमा उमेरसमूहका बिद्यार्थी दक्ष भएपछि यसैबाट विद्यार्थीहरू स्वस्फूर्त विश्व ज्ञान विज्ञान हासिल गर्न सक्षम हुने विस्वास गरिएको छ । यसबाट विकसीत देशका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी हाम्रो मुलुकमा उत्पादन हुनमा पनि सघाउ पुग्ने बताइएको छ ।
यो कार्यक्रम पाँचथरसहित झापा र बझाङ जिल्लामा पनि लागू गर्न लागिएको बुझिएको छ । केही समय पहिले अमेरिकामा भएको जिशिअ नेपाल सम्मिलित फाउन्डेसनको भेलाले उल्लेखित जिल्लामा ई–शिक्षा लागु गर्ने निर्णय भएको जिशिकाले जनायो । यो कार्यक्रम शिक्षा मन्त्रालयसँगको समन्वयमा ल्याउन लागिएको हो ।
प्रतिक्रिया