निरन्तरको बन्दले उद्योगी आजित

रूपन्देही, १७ असोज । ५० दिनदेखि तरार्ईंमा भएको निरन्तरको बन्दले उद्योग धरासायी बन्दै गएकोप्रति उद्योगीव्यवसायीहरू चिन्चित बनेका छन् । एकतर्फ लामो समयदेखि भएको बन्दको कारण उद्योग धन्दामा कच्चा पदार्थको अभाव झेल्दै आएका उद्योगीहरू उद्योगबाट उत्पादित बस्तु बजारीकरणसमेत नहुँदा थप मारमा परेका छन् । यसको अलावा बैंकबाट ऋण लिएर मासिक रूपमा बैंकलार्ई किस्ता बुझाउँदै आएका उद्योगीहरूले उद्योग बन्द भएको कारण बजारीकरण नहुदा बैंकको ताकेता खेप्न बाध्य हुनु परेको छ ।

एकतर्फ उद्योग बन्द हुनु, उत्पादित वस्तु बजारमा उपलब्ध गराउनु नसक्नु र कच्चा पदार्थको अभावलेसमेत त्रिपक्षीय मारमा उद्योग व्यसायीहरू परेको बुटवल उद्योग बणिज्य संघका व्यापार उपाध्यक्ष उज्जवल कसजु बताउँछन् । उनी भन्छन, ‘लगातारको बन्दले उद्योग धन्दाको उत्पादन ठप्प हुँदा बैंकमार्फत ऋणमा काम गरेका उद्योगीहरूको उद्योग लिलाम हुने अवस्था समेत नआउला भन्न सकिदैन ।’

उनले रूपन्देहीको हकमा भारतबाट आयात हुने कच्चा पादर्थ ढुवानीको समस्याको कारण उद्योगसम्म पुग्न सकेका छैनन् । बुटवल औद्योगीक क्षेत्रका उद्योगहरू आंशिक रूपमा सञ्चालन भए पनि कच्चा पदार्थको अभाव र उत्पादित बस्तु बजारीकरणमा ढुवानी समस्या भएकाले थप मारमा परेको उपाध्यक्ष कसजुको भनाई रहेको छ । उनले थपे ‘दैनिक, साप्ताहिक र मासिक रूपमा किस्ता बुझाउने गरी ऋण लिएका उद्योगहरूको समस्या झनै विकराल बन्दै गएको छ ।’

पछिल्लो केही दिनमा सिमा नाका केही खुकुलो भए पनि अझै उद्योगलार्ई चाहिने कच्च पादार्थ बोकेका गाडीहरू सिमा नाकामा नै रोकिएकाले उद्योगबाट बस्तु उत्पादन हुन नसकेको उद्योगीहरूको भनाइ रहेको छ ।

रूपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीले नयाँ संविधानपछि उद्योग व्यवसायीहरूमा आएको वैचारिक उमंग व्यवहारमा पूर्णरूपमा लागू हुन नसक्दा थप समस्या भएको उनको भनाइ रहेको छ । संविधानपछिका उपलब्धिहरूलार्ई रक्षा गर्नका लागि नेपाली राजनीतिक दलहरूबाट विशेष पहल आवश्यक रहेको भन्दै रेग्मीले यसको लागि तत्काल संवादको बाटो पहिल्याई व्यवसायीहरूलार्ई सौहार्भपूर्र्ण वातावराणमा उद्योग व्यवसाय गर्न पाउने वातावरण सृजना गर्न आग्रह गरे । रूपन्देहीको आघा हिस्सा अहिले पनि असान्त रहेको भन्दै सम्बन्धित राजनीतिक दलहरूसँग वार्ता गरी सरकारले अहिलेको अन्यौलता चिर्नुपर्ने उनको तर्क रहेको छ । उनी भन्छन्,‘संविधान बनेपछि उद्योग मैत्री वातावरण बन्ने आशा गरेका आम उद्योगीहरू अहिले निरास छन् यसको समाधान अविलम्ब खोज्नुपर्दछ ।’

यता, रूपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरलेले संविधान आएपछि नवनिर्माणको पक्षमा रहेका उद्योगी व्यवसायीक व्याक्तिहत्वहरूमा निरासा छाएको भन्दै भारतीय निर्भरता कम गर्नको लागि स्वदेशमा भएका उद्योगी, व्यवसायीहरूलार्ई आत्मनिर्भर बनाउनुपर्ने धारणा राख्छन् । उनी भन्छन ‘भारतले अहिले गरेको अघोषित नाकाबन्दीबाट पाठ सिकेर स्वदेशमा रहेका रुग्ण उद्योगहरूलार्ई माथि उठाउनको लागि सरकारले अविलम्ब प्रयासको थालनी गुर्नुपर्दछ ।’

उनले नेपाली जनता भोक भोकै राष्ट्रियता र जनसवालको पक्षमा एक जुट हुन सक्षम भएको भन्दै भारतिय परर्निभरता हटाउनको लागि जतिसक्योे छिटो नेपालमा भएका नुन, पेट्रोलियम पदार्थको संभावनाको अविलम्ब उत्खनन् र अनुसन्धान गर्नुपर्ने बताए ।

यता, नीजि अस्पतालहरूको संगठन एसोसियन अफ प्राइभेट हेल्थ इन्चट्युसन लुम्बिनीका अध्यक्ष रामप्रसाद खरेलले बन्दको कारण नीजी अस्पताल सञ्चालकहरू पनि आजित बनेको भन्दै स्वास्थ्य क्षेत्रमा ठूलो प्रभाव परेको बताउछन् । उनले निजी अस्पतालमा आउने सर्जिकल सामग्रीहरू ढुवानीमा समस्या भएको भन्दै स्वास्थ्य उद्योगी, व्यापारी, यातायत व्यवसायीहरू बन्दबाट अछुत नभएजस्तै स्वाथ्य क्षेत्र पनि आजित भएको बताउँछन् । उनी भन्छन् ‘स्वास्थ्य क्षेत्रलार्ई बन्द मुक्त क्षेत्र बनाउनको लागि पहल भए पनि पुर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ।’

यस क्षेत्रको प्रमुख औद्योगीक क्षेत्रको रूपमा रहेको बुटवल औद्योगीक क्षेत्रमा अहिले ६२ वटा साना–ठुला उद्योगहरू सञ्चालमा रहेका छन् । ती सबै उद्योगहरूले लोडसेडिङ्गका कारण निरन्तर सञ्चालन हुन नसकेको समयमा, अहिले भएको बन्दको कारण कच्चा पदार्थको अभावमा अधिकाँश उद्योगधन्दा अर्धसञ्चालनकोरूपमा रहेका छन् भने केही उद्योग बन्द रहेका छन् ।

औद्योगीक क्षेत्र उद्योग संघका अध्यक्ष रामप्रसाद बस्यालका अनुसार भारतबाट आयात गरिने कच्चा पदार्थको ढुवानी र नाकबन्दीको समस्याको कारण आउन न सक्दा प्लाष्टिक जन्य उद्योगहरू बन्द अवस्थामा रहेको जानकारी दिए ।

प्रतिक्रिया