नाकाबन्दीविरुद्ध प्रदर्शन

ताप्लेजुङ १४ असोज । ताप्लेजुङमा बिहीबार भारतको अघोषित नाकाबन्दीका विरुद्ध एकोहोरो शंखफुकी विरोध जनाइएको छ । भारतको अघोषित नाकाबन्दीको विरोधमा ताप्लेजुङका विद्यार्थी संगठनको नेतृत्वमा निकालिएको ¥यालीपछि कोणसभा गरिएको थियो ।

विद्यार्थी संघ तथा संगठनले वीरेन्द्र चोकबाट सुरु गरेको ¥याली कभर्डहलमा पुगेर नगर परिक्रमा गर्दै तोक्मेडाँडामा पुगी कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा उत्रिएका उनीहरूले ¥यालीमा एकोहोरो शंख बजाई नाकाबन्दीविरुद्ध उत्रन सबैलाई निम्ता दिएको उद्घोष गरेका थिए ।

मानिसको मृत्युपछि आफन्त र छिमेकीलाई सूचना दिन एकोहोरो शंख फुक्ने चलन रहेको छ । कांग्रेस निटक नेविसंघ र तरुण दल, एमाले निकट अनेरास्वयवियु र युवा संघ, एमाओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएल तथा वैद्य समूहको नेकपा माओवादीको विद्यार्थी संठगन विरोध ¥यालीमा सामेल भएका थिए । उनीहरूले भारतीय हस्तक्षेप मुर्दावाद, हिमाल, पहाड, तराई, कोही छैन पराई, राष्ट्रियस्वाधिनताको संरक्षण गरौँजस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया