जेष्ठ नागरिकलाई पोसाक वितरण

posak bitaran news 6-14 (3)इलाम, १४ असोज । ‘२५औँ विश्व जेष्ठ नागरिक दिवस’ को अवसरमा इलामको गोदक—१ राजदुवादीस्थित माईभगवती वृद्धाश्रमका जेष्ठ नागरिकलाई बिहीबार पोसाक तथा फलपूmल वितरण गरिएको छ । जिल्ला विकास समिति र महिला विकास कार्यालयकोे सहयोगमा जेष्ठ नागरिक जिल्ला कल्याण समिति इलामले वृद्धाश्रमका १४ जेष्ठ नागरिकलाई एक÷एक सेट पोसाक उपलब्ध गराएको हो । ८ महिला र ६ पुरुष जेष्ठ नागरिकलाई सिडिओ विष्णुकुमार कार्कीले पोसाक प्रदान गरेका हुन् । त्यस्तै समितिले फलफूलसमेत वितरण गरेको थियो । उनीहरूलाई २० हजार रुपैयाँ बराबरको पोसाक उपलब्ध गराइएको माईभगवती वृद्धाश्रम प्रबन्ध समितिका सचिव धर्म गौतमले जानकारी दिए ।

वृद्धाश्रम प्रवन्ध समितिका अध्यक्ष विष्णु लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिडिओ कार्की र स्थानीय विकास अधिकारी मदन कोइरालाले जेष्ठ नागरिकहरूलाई विभिन्न समयमा स्वास्थ्योपचारसहित सरकारी कार्यालयबाट अन्य सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका थिए । समितिले गतवर्ष पनि जेष्ठ नागरिकलाई पोसाक उपलब्ध गराएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाट, महिला विकास अधिकृत स्कीम श्रेष्ठसहित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

०६३ सालमा स्थापित वृद्धाश्रममा अहिले भारत सिलिगुडीका एकसहित इलाम र झापाका विभिन्न ठाउँका १४ जेष्ठ नागरिकहरू छन् । यहाँका जेष्ठ नागरिकलाई विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले नियमित पोसाक, फलपूmल तथा अन्य बन्दोबस्तीका सामानहरू उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया