पाँचथरमा मोदीको पुत्ला दहन

modiपाँचथर, १२ असोज । फिदिम गणतन्त्र चोकमा सोमबार साँझ युवा विद्यार्थीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लादहन गरेका छन् । भारतले अघोषित रूपमा लगाएको नाकाबन्दीविरुद्ध पाँचथरका युवा तथा विद्यार्थीहरू सडकमा उत्रिएका हुन् । भारतीय हस्तक्षेप बन्द गर, भारतपछि हट, भारतविरुद्ध सवै नेपाली एक हौँ भन्ने नारासहित युवा तथा विद्यार्थीहरूले ¥याली निकालेर प्रदर्शन गरेका थिए ।

फिदिम नगर परिक्रमा गरेपछि गणतन्त्र चोकमा पुगेर उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लादहन गरेका थिए । भारतीय हस्तक्षेत्रविरुद्ध चर्को भाषण गर्दै युवा तथा विद्यार्थी नेताहरूले नेपालको सार्वभौमिकता, स्वधीनतालगायत विषयमा नेपालीहरू भावनात्मक रूपमा एकीकृत हुनुपर्नेमा जोड दिए । विद्यार्थी नेता जलकुमार तामाङका अनुसार मंगलबार जिल्लाको पाँचथर बहुमुखी क्याम्पस, थर्पू क्याम्पस, यासोक क्याम्पस, रवि क्याम्पससहित सबै उच्च माविमा व्याक अफ इन्डिया अर्थात् पछि हट भारत भन्ने फ्लास कार्ड राख्ने कार्यक्रम तय भएको छ ।

रेविज दिवसमा कुकुरलाई भ्याक्सिन
dogयसैबीच, पाँचथरमा एक सय बढी कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाएर विश्व रेविज दिवस सम्पन्न भएको छ । जिल्लाको भारापा गाविस र फिदिम नगरपालीका घरपालुवा कुकुरमा भ्याक्सिन लगाएर सोमबार विश्व रेविज दिवस (२८ सेप्टेम्बर) मनाइएको हो ।

भ्याक्सिनका लागि विभिन्न ठाउँमा शिविर सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय पशु प्राविधिक पुष्प नेपालीले बताए । ८ गते फिदिम नगरपालिकाको साम्दिनमा, १० गते भारापा गाविस र ११ गते पशु सेवा कार्यालय पाँचथरमा सञ्चालित शिविरमा सर्वसाधारणले आ–आफ्नो कुकुर भ्याक्सिन लगाउन ल्याएका थिए ।शिविरबाट एक सय बढी कुकुरलाई भ्याक्सिन लगाइएको प्राविधिक नेपालीले बताए । २५ रुपैयाँ पर्ने भ्याक्सिनलाई दिवसको अवसरमा निःशुल्क प्रदान गरिएको उनले बताए ।

दिवसकै अवसरमा फिदिम बजारका ५०–६० वटा भुसिया कुकुरलाई भ्याक्सिन लागाउने प्रयास गरिए पनि असफल भएको बताइएको छ । यो समयमा छाउरीको पिछा गर्दै कुकुरहरू बथानमा हिँड्ने पकड्न खोज्दा एकैपटक सामूहिक आक्रमण गर्ने हुँदा भ्याक्सिन लगाउन समस्या भएको पशु कार्यालयले जनाएको छ । पशु अधिकारका हिसाबले विष दिएर मार्न पनि नहुने र भ्याक्सिन पनि लगाउन नसकिनाले फिदिम बजारको लागि भुस्याहा कुकुर समस्या बनेको भन्दै स्थानीयले चिन्ता प्रकट गरेका छन् ।

प्रतिक्रिया