बर्दियामा विद्यार्थीको प्रदर्शन

बर्दिया । नेपालको आन्तरिक मामलामा भारतले हस्तक्षेप गरेको भन्दै बर्दियाका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) लगायत विद्यार्थी संघ संगठनहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गर्दै सदरमुकाम गुलरियामा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले प्लेकार्ड र विभिन्न नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । उनीहरूले ‘भारतीय विस्तारबादको नेपाल खाने दाउ, त्यो दाउलाई उल्टाइदिन सबै जुटौँ, सबै आऊ’ भन्नेलगायत नारा लगाएका थिए । विभिन्न नाराबाजी गर्दै निस्किएको ¥याली बजारका विभिन्न स्थानहरू परिक्रमा गरि राधाकृष्णचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष शोभाकान्त पौडेलले वीर गोर्खालीहरू कही कसैसँग कहिल्यै नझुकेको उल्लेख गर्दै भारतसामु कहिल्यै नझुक्ने बताए । (सौस)

प्रतिक्रिया