भूकम्पपीडितलाई आवास

Sindhuliसिन्धुली, ११ असोज । किरात याक्थुङ चुम्लुङ हङकङको सहयोगमा सिन्धुलीको तीनकन्यामा १६ घर हस्तान्तरण गरिएको छ । चुम्लुङको तर्फबाट जस्तापाता तथा निर्माण खर्च बेहोरिएको छ भने स्थानीय घरधनीको तर्फबाट कच्चापदार्थ जुटाइएको थियो । घरहरू पाउनेमा तीनकन्या–६ का रमेश ठकुरी, बेगबहादुर ठकुरी, लालबहादुर ठकुरी, आनन्द ठकुरी, बुद्धिबहादुर ठकुरी र भक्तबहादुर मगर छन् ।

त्यस्तै, सो गाविस– ७ का इन्द्रबहादुर आले र दानबहादुर आले छन् । वडा नं. ८ का आइतसिंह स्यांतान, यामबहादुर गुरुङले पनि घर पाएका छन् । त्यसैगरी, वडा नं. ९ का रुद्रमान विक, ज्ञानबहादुर विक, डोरबहादुर राना, प्रेमबहादुर खपांगीमगर, मीनबहादुर मगर, स्वस्तिमाया मगर, खम्बसिंह विकका लागि घर बनाएर हस्तान्तरण गरिएको गाउँ सहयोग अभियान नेपालका संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले जानकारी दिए । ती घर चार लाख ४० हजार रुपैयाँ लागतमा निर्माण भएको हो । घर हस्तान्तरण कार्यक्रममा एक लाख रुपैयाँ बराबरको कपडा वितरण गरिएको थियो । घर निर्माण सहयोगका लागि चुम्लुङको समन्वयमा एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङ, इस्बो समाज सेवा समिति हङकङ, वेस्ट रेमिट, हङकङ, ग्रान्ड मास्टर आठौँ डान वु जुङ पिल र रविनकुमार नाल्वोको विशेष सहयोग रहेको घर निर्माण संयोजक शेरबहादुर लक्सम्बाले जानकारी दिए ।

०७२ साल वैशाख १२ र २९ गतेको भूकम्प प्रभावितहरूमध्येका सबैभन्दा विपन्न र घर ढलेकाहरूलाई घर बनाइदिएको किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुम्फुंवाले जानकारी दिए । भूकम्पपीडितका लागि राहत संकलन अभियान हस्तवीर सावाको संयोजकत्वमा भएको थियो । चुम्लुङ र स्थानीय बासिन्दाको साझेदारीमा बनेका घरहरू सामूहिक रूपमा हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया