मर्रे र फेडेरर प्रि–क्वाटरफाइनलमा

federer&murreन्युयोर्क । बेलायती एन्डी मर्रे र स्वीस रोजर फेडेर वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

आइतबार भएको तेस्रो चरणको खेलमा ब्राजिलियन बेलुचीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विश्व नम्वर २ मर्रेले चौथो चरणमा स्थान पक्का गरेका हुन् । पहिलो सेटमा ६–३ को जित निकालेको मर्रेले दोस्रो सेट ६–२ ले आफ्नो पक्षमा पारेको थियो । तर, सेटमा बेलुचीलाई पराजित गर्न मर्रेलाई हम्मेहम्मे परेको थियो ।

प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट मर्रेले ७–५ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै ५ पल्टको युएस ओपन च्याम्पियन स्वीस रोजर फेडेरर पनि युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अमेरिकाको न्युयोर्कमा जारी वर्षको अन्तिम ग्रान्डस्लामअन्तर्गत तेस्रो चरणको खेलमा जर्मनीका फिलिप कोहल्सराइबरलाई पराजित गर्दै फेडेरर चौथो चरणमा पुगेका हुन् । जर्मन प्रतिद्वन्द्वी फिलिपविरुद्वको खेलमा फेडेररले ६–३, ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्दै अर्काे चरणमा प्रवेश गरेका हुन् । यस्तै अन्य खेलहरुमा स्वीट्जरल्यान्डका स्टेइन वावारिन्का, फ्रान्सका रिचर्ड ग्यास्केट, दक्षिण अफ्रिकाका केभिन एन्डर्सन र चेकगणतन्त्रका टोमस बर्डिच पनि प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी महिलातर्फ चेक गणतन्त्रकी पेट्रा किटोभा, बेलायतकी जो कोन्टा, अस्ट्रेलियाकी समान्था स्टोसर, बेलारुसकी भिक्टोरिया अजारेन्का, रोमानियाकी सिमोना हालेप र इटालीकी पेनेटाले पनि अन्तिमा १६ मा स्थान सुरक्षित गरेकी छिन् । (एजेन्सी)

प्रतिक्रिया