नेरिक र भ्यालीलाई उपाधि

neric ra valley publicकाठमाडौं । नेरिक र भ्यालि पब्लिक स्कुलले पन्ध्रौँ वल्सिन हुप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शंखमूलको नेरिक स्कुलले दोहोरो उपाधि हात पारेको छ । जुनियर ब्वाइजको खेलमा नेरिकले ग्रिन फिल्डमाथि २५–२४ को रोमाञ्चक जित निकाल्यो । नेरिकबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै क्रिजन पन्तले १६ स्कोर गरे । सिनियर ब्वाइजको फाइनल खेलमा अंकित भण्डारीको महत्वपूर्ण १७ स्कोरको मद्दतमा नेरिकले बाबालाई ६१–५८ ले हरायो । नेरिकका अंकित भण्डारी सिनियरतर्फ तथा नेरिककै असीम भण्डारी जुनियरतर्पm उत्कृष्ट खेलाडी चुनिए ।

सिनियर गल्र्सको फाइनलमा भ्यालि पब्लिकले न्युभिजनलाई ३६–१४ को फराकिलो अन्तरले हरायो । भ्यालीको जितमा उत्कृष्ट प्रर्दशन गरेकी रोशनी श्रेष्ठले सर्वाधिक १७ स्कोर गरिन् । गल्र्समा भ्यालिकी सुष्मा गौतम उत्कृष्ट खेलाडी भइन् । बाफलस्थित आयोजक स्कुलको कोर्टमा भएको स्टाफतर्फको थ्री वाइ थ्री बास्केटबलको उपाधि महामञ्जुश्रीले जित्यो । उसले बाबालाई २१–१५ ले हराउँदा १२ स्कोर गरका अजय नेपाली उत्कृष्ट खेलाडी चुनिए । विजेता टिमलाई सभासद् राजीव विक्रम शाहले पुरस्कृत गरे । (सौस)

प्रतिक्रिया