मोर्गनको दोस्रो जित

काठमाडौं, १९ भदौ । मोर्गन इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा शनिबार लगातार दोस्रो जित हात पारेको छ । मोर्गनसँगै एलआरआई कलेज र प्राइम कलेजले पनि दोस्रो जित दर्ता गरे ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको लिगमा मोर्गनले ह्वाइटहाउसलाई ५३–२४ ले पराजित ग¥यो । मोर्गनका सोहर्त शाहले १७ अंक जोडे । अन्तिम क्वाटरसम्म अग्रतालाई कायमै राखेको मोर्गनले पहिलोमा १६–८, दोस्रोमा १३–७, तेस्रोमा ११–९ र चौथोमा १३–० को प्रदर्शन ग¥यो । एआरआईले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ६९–४५ ले हरायो । एलआरआईका विवेक श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ४६ स्कोर गरे ।

एलआरआईले ट्रिनिटीलाई कुनै पनि क्वाटरमा अग्रता लिने मौका दिएन । एलआरआईले पहिलोमा १४–११, दोस्रोमा १५–६, तेस्रोमा १६–१३ र चौथोमा २४–१५ अंक जोड्दै जित अन्तर फराकिलो बनायो । आइडियल मोडेल कलेज विरुद्धको खेलमा प्राइम ५४–४० ले विजयी भयो । प्राइमका सुरज खड्गीले १७ अंक बटुले । पहिलो क्वाटर ९–९ को बराबरीमा टुंगियो । बाँकीका क्वाटरमा प्राइमले क्रमशः १४–६, १८–१६ र १३–९ ले अग्रता लिँदै जित सुनिश्चित ग¥यो ।  (सौस)

प्रतिक्रिया