काठमाडौं । रिलायन्स कलेज तेस्रो जेभियर इन्टरनेसनल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा शनिबार समिफाइनलमा प्रवेश गरेको छ । पुरुष यु–१९ खेलमा रिलायन्सले टाइम्सलाई ५२–४८ ले हराउँदै ओमेगासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । विजयी टिमका सुदीप गुरुङले १८ स्कोर गरेका थिए । दोस्रो सेमिफाइनलमा आयोजक जेभियर र प्राइम खेल्नेछन् ।
प्रतिक्रिया