तेक्वान्दो स्टार मनिताले छाडिन् राष्ट्रिय टोली

taekwandoकाठमाडौं, १८ भदौ । चर्चित तेक्वान्दो स्टार मनिता शाहीले राष्ट्रिय टिम छाडेकी छिन् । मनिता शुक्रबार नै अमेरिका प्रस्थान गरिन् । नेपाल तेक्वान्दो संघले उनलाई राष्ट्रिय तेक्वान्दो प्रशिक्षण हलमा औपचारिक रूपमा बिदाइ ग¥यो । त्यसै बिदाइ कार्यक्रममा भावबिह्वल हुँदै मनिताले भनिन्, ‘तेक्वान्दो नै मेरो जीवन बन्यो । म यसैमा रमाएँ तर व्यक्तिगत र स्वास्थ्यका कारणले राष्ट्रिय टोली छाड्दा दुःख लागेको छ ।’ उनले भनिन्, ‘म जहाँ रहे पनि तेक्वान्दोप्रतिको समर्पणमा कमी आउने छैन ।’

बिदाइ कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले मनिता उदाहरणीय खेलाडी भएको भन्दै पछिल्लो पुस्ताले पनि उनलाई अनुशरण गर्नुपर्ने बताए । तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले मनिता खेल जीवनको महत्वपूर्ण पाटो बारे प्रकाश पारे । तेक्वान्दोका मुख्यप्रशिक्षक ध्रुव गुरुङले मनिताले दिलाएको योगदान महत्वपूर्ण अविस्मरणीय भएको बताएका छन् ।

राखेप तालिम तथा प्रशिक्षण विभागका कार्यवाहक निर्देशक तथा वरिष्ठ तेक्वान्दो सहायक मुख्यप्रशिक्षक अर्जुन विकले मनितासँग नेपाली तेक्वान्दोको साथ छुट्नु पीडादायक भए पनि उनको सुखद भविष्यको आशाले खुसी तुल्याएको बताए । प्रशिक्षक हेमन्त डागीले कार्यक्रम सञ्चालन गरेका थिए । वरिष्ठ तेक्वान्दो प्रशिक्षक मिन थापा, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँबर, तेक्वान्दो संघका सदस्य कविराज खड्गीलगायत राष्ट्रिय टोलीका खेलाडीहरू बिदाइ कार्यक्रममा उपस्थित थिए ।

राजभाइ शाही र प्रेमशोभा शाहीका तेस्रो सन्तान मनिता सन् २००६ मा उच्च फर्ममा रहेकी थिइन् । उनले त्यसै वर्ष कोलम्बोमा भएको १०औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा दोहामा भएको एसियाली खेलकुदमा काश्यपदक जितेकी थिइन् । उनी ११औँ दक्षिण एसियाली खेलकुदमा भने दुर्भाग्यशाली रूपमा रजत पदकमा सीमित भइन् ।

सन् २००२ देखि नेपाली तेक्वान्दोमा छाएकी मनिता त्यसै वर्ष भएको दोस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएकी थिइन् । सन् २००३ मा पहिलो कारियन एम्बसडर तेक्वान्दो प्रतियोगिताकी स्वर्णपदक विजेता उनी सन् २००४ मा यसैको अर्को संस्करणमा पनि स्वर्ण जित्न सफल भइन् । सन् २००५ मा कोसी आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी उनले सन् २००६ मा कोरियन एम्बसडर कपमा पहिलो स्थान हात पारिन् ।

सन् २००७ मा कोरियामा भएको विश्व तेक्वान्दो कल्चर एक्स्पोमा स्वर्णपदक जित्न सफल भएकी थिइन् । सन् २००७ मा उनी तेस्रो कोरियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजतपदक जित्न सफल भइन् । सन् २००९ मा कोरियन एम्बसडर तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जितिन् । त्यसै वर्ष भएको पाँचौँ राष्ट्रिय खेलकुदमा स्वर्णपदक जित्दै उनी सन् २०१० मा इन्डिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भइन् । सन् २०१० मा उनी केबिएस कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भइन् । सन् २०११ मा पहिलो माउन्ट एभरेस्ट तेक्वान्दो प्रतियोगितामा उनले स्वर्णपदक जितिन् । सन् २०१२ मा भएको छैटौँ राष्ट्रिय खेलकुदमा उनले फेरि स्वर्णपदक जित्दै आप्mनो लामोसमयको प्रभावलाई कायम राखिन् । सन् २०१२ मा अमेरिकामा भएको नवाँै मैत्री तेक्वान्दो प्रतियोगिता र सन् २०१४ मा भएको दोस्रो माउन्ट एभरेस्ट तेक्वान्दो प्रतियोगितामा उनले स्वर्णपदक जितेकी थिइन् ।

यसैगरी उनले सन् २००५ मा स्पेनमा भएको पाँचौँ विश्व च्याम्पियनसिप, सन् २००६ मा थाइल्यान्डमा भएको एसियन तेक्वान्दो च्याम्पियनसिप र भियतनाममा भएको बेइजिङ ओलम्पिक छनोटमा सहभागी भएकी थिइन् । सन् २००९ मा युएस ओपन, सन् २०१० मा एसियाली खेलकुद र लन्डन ओलम्पिकका लागि थाइल्यान्डमा सन् २०११ मा भएको छनोट खेलमा उनी सहभागी थिइन् ।

सन् २००७ उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबाट उनले प्लेयर अफ द इयरको अवार्ड पाइन् । सन् २००८ मा उनले त्यसै संस्थाबाट बेस्ट प्लेयर अफ द इयरको अवार्ड पाइन् । नेपाल खेलकुद पत्रकार मञ्चबाट एलजी प्लेयर अफ द इयरको अवार्ड पाएकी उनले डाबर नेपालबाट पनि पुरस्कार पाएकी छिन् ।

मानवीय संवेदनाकी प्रतिक
अनुशासित र भद्र व्यक्तित्व मनिता मानवीय संवेदनाले पूर्ण व्यक्तित्व मानिन्छन् । यसै वर्ष तेक्वान्दो प्रशिक्षक राजेन्द्र केसीको जीवनमा आएको विपत्तिमा सक्रियताका साथ दिने मनिताले टेनिससँग सम्बन्धित मनोज नेपालीको उपचारको क्रममा पनि आर्थिक सहयोग उपलब्ध गराउन लागि परिन् । १२ वैशाखमा गएको भूकम्पमा सामान्य घाइते भएर हिँडडुल गर्न कठिनाइ भएपछि उनले विपत्तिमा साथ दिन नसकेकोमा गुनासो गरेकी थिइन् ।

अबको कप्तान आयशा
मनितापछि हाल राष्ट्रिय टोलीमा सबैभन्दा पुराना खेलाडी आयशा शाक्य विस्ट र यानकुमारी चौलागाईं छन् । बिदाइ कार्यक्रममा बोल्दै महासचिव दीपराज गुरुङले मनिता जस्तो कुशल कप्तान कमै हुने प्रतिक्रिया दिए । आपूm विदेश जाने भएपछि पनि मनिता सधैँ राष्ट्रिय टोलीको अवस्था र अबको तेक्वान्दोको भविष्यबारे सचेत रहेको गुरुङले बताए । त्यसै कार्यक्रममा उनले अबको नेतृत्व आयशा हुनसक्ने बताए ।

प्रतिक्रिया