वेल्स युरोकपको छनोट नजिक, नेदरल्यान्डलाई कठिन

वेल्स । वेल्स अर्काे वर्ष फ्रान्समा हुने युरोकपको छनोट नजिक पुगेको छ । आइतबार हुने खेलमा इजरायललाई पराजित गरे वेल्स सन् १९५८को विश्वकपको क्वाटरफाइनल खेलेयता कुनै पनि ठूलो प्रतियोगिताका लागि पहिलोपल्ट छनोट हुनेछ ।

बिहीबार राती भएको खेलमा वेल्सले साइप्रसलाई १–० ले पराजित गर्र्दै छनोटको सम्भावना जीवितै बनाएको हो ।

नेदरल्यान्डलाई कठिन
नेदरल्यान्डको अर्काे वर्ष फ्रान्समा हुने युरोकप फुटबल प्रतियोगिताको छनोट यात्रा कठिन बनेको छ । छनोट चरणअन्तर्गत बिहीबार राती भएको खेलमा आइसल्यान्डसँग १–० ले पराजित भएपछि नेदरल्यान्डको छनोट यात्रा थप कठिन बनेको हो ।

नेदरल्यान्ड ३३औँ मिनेटमा नै १० खेलाडीमा सीमित बनेको थियो । उसका बु्रनो मार्टिन्स इन्डीले आइसल्यान्डका कोलबेनिन साइतर्सनलाई खराब ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । त्यसपछि दबाबमा आएको नेदरल्यान्डलाई ५१औँ मिनेटमा अर्काे झट्का लाग्यो । भान डर विलले डि–एरियामा हातले बल छोएपछि रेफ्रीले आइसल्यान्डलाई पेनाल्टीको मौका दिएको थियो । जसलाई जिल्फी सिर्गस्टनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । (एजेन्सी)

प्रतिक्रिया