आयोजक जेभियर सेमिफाइनलमा

काठमाडौं । आयोजक जेभियर कलेज तेस्रो जेभियर इन्टरनेसनल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गरेको छ । शुक्रबार भएको पुरुष यु–१९ तर्फको पहिलो क्वाटरफाइनल खेलमा जेभियरको ए टिमले एलआरआइलार्ई ५४–४७ ले हराउँदा विनेश न्यौपानेले २२ स्कोर गरे । (सौस)

प्रतिक्रिया