श्रीराम स्मृति भलिबल हुने

काठमाडौं, १७ भदौ । श्रीराम स्मृति अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिताको दोस्रो संस्करण भाद्र ३० देखि हुने भएको छ । आरुण सेकेन्डरी स्कुल र गायत्री चेतना केन्द्रको संयुक्त आयोजनामा आश्विन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टिम सहभागिता रहेको स्कुलका प्रशिक्षक एवं प्रतियोगिता संयोजक अशोक काजी थापाले जनाएका छन् ।

प्रतियोगिता संयोजक थापाले राष्ट्रपति कप बाहेक विगत २ वर्षदेखि विद्यालय स्तरीय भलिबल प्रतियोगिता हुन नसक्दा विद्यालयमा भलिबल हराउँदै गएको बताए । उनले प्रेस विज्ञप्तिमार्पmत खेलकुदको मेरुदण्ड विद्यालय खेलकुद भएकोले सबै क्षेत्रले प्रथमिकतामा राख्नुपर्ने जनाएका छन् । प्रतियोगिता नकाउटका अधारमा खेलाइनेछ ।

प्रतिक्रिया