ललितपुर अध्यक्षबाट पदभार ग्रहण

herakaji_maharjanकाठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जनले पदभार ग्रहण गरेका हुन् । हेराकाजी सोमबार ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित भएका हुन् ।

श्याम शर्मा बजगाईं कोषाध्यक्ष तथा राजमान महर्जन, अशोकलाल लामा, अमृता पाण्डे र सानुकाजी महर्जन सदस्यमा मनोनित भए । हेराकाजी नेपाल बुद्धिचाल संघका सचिव तथा फिडे आर्बिटर हुन् ।

लामोसमय वामपन्थी राजनीतिमा बिताएका महर्जनले दुई कार्यकाल ललितपुर युवा संघको नेतृत्व गरिसकेका छन् । ललितपुरका सम्पूर्ण खेलकर्मीको सहयोगमा नयाँ दिशा दिने योजनामा रहेको बताए । (सौस)

प्रतिक्रिया