काठमाडौं, १६ भदौ । नेपाल ओलम्पिक कमिटीको निर्वाचन बिहीबार हुने कार्यक्रम छ । ध्रुवबहादुर प्रधानको नेतृत्वमा ८ वर्ष रहेको ओलम्पिक कमिटी यसै साधारणसभाबाट नेतृत्व परिवर्तन हुँदै छ । साधारणसभामा वर्तमान महासचिव जीवनराम श्रेष्ठ र उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रत्यासीका रूपमा देखिएका छन् । यसै गरी, महासचिवमा तेक्वान्दो संघका महासचिव दीपराज गुरुङसहित बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा र साइक्लिङ संघका अध्यक्ष छिम्मी उर्केन गुरुङ प्रत्यासी छन् । सह महासचिवमा बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ र टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य प्रत्यासी छन् । साधारणसभाले ४ उपाध्यक्षसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
२१ साउनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आवश्यक पर्ने २१ सदनको समय उपलब्ध नगराइएको कारण जनाउँदै निर्वाचन हुन नसक्ने जिकिर गरे ओलम्पिक कमिटी अफ एसिया (ओसिए)का प्रतिनिधि हैदर फरमानको उपस्थितिमै साधारणसभा स्थगन भएको थियो । थापाले भने त्यसको एक दिनपछि पत्रकार सम्मेलनको आयोजना गर्दै अन्य विविध कारणवश स्थगन भएको दाबी गरेका थिए ।
बिहीबारको साधारणसभा स्थगन गर्न ठूलै पक्षको लबिङ भइरहेको छ । २१ गते अघि पनि दावा गुरुङ नेतृत्वमा रहेको नेपाल कराते महासंघ, नारायणदेव राणाको नेतृत्वमा नेपाल कुस्ती संघ र मनबहादुर न्यौपानेको नेतृत्वमा नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको मुद्दामा पुनरावेदन अदालत पाटनले स्टे अर्डर जारि गरेको थियो ।
२१ साउनको भन्दा फरक परिस्थितिमा यसपटक निर्वाचन हँुदै छ । २१ साउनमा जीवनराम श्रेष्ठ एक्लो दाबेदार थिए भने हाल उमेशलाल श्रेष्ठ पनि अध्यक्षका प्रत्यासी बनेका थिए । यसैगरी, महासचिवमा गुरुङको उम्मेदवारी थप भएको छ । अर्कोतर्पm गत महिना नै सहमति भएको रुक्म शमशेर राणा समूहले मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचनअघि सहमति कार्यान्वयन भए मात्र निर्वाचन मान्य जनाइसकेको छ ।
प्रतिक्रिया