काभ्रे, १५ भदौ । भूकम्पपीडित तथा वृद्धावृद्धालाई लक्षित गर्दै काभ्रे जिल्लाको काशिखण्ड नगरपालिका वडा नं. ६ मेथिनकोट अस्पतालमा ११ भदौमा जापानिज सूचना केन्द्र नेपालले एकदिने निशुल्क आँखा शिविर गरेको छ । सिविरलाई नेपाल मेडिकल कलेज जोरपाटीको प्राविधिक सहयोग रहेको शिविरलाई, आर्य समाज नेपाल, वीमन्स विङ्ग र मेथिनकोट अस्पतालले सहयोग गरेका थिए ।
शिविरको स्थानीय संयोजन भकुन्डेबेँसी जेसीज र रोशी वाङ्मय प्रतिष्ठानले गरेको थियो । विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालित शिविरमा ६६९ जनाले आँखा परीक्षण गराएका थिए । शिविरमा मोतियाविन्दु भएका २० जनाको निःशुल्क अप्रेसन गरिएको थियो । जापानी सूचना केन्द्रका अध्यक्ष मदनकृष्ण सिलवालको सभापतित्वमा आयोजित शिविरको उद्घाटन प्रमुख अतिथि महिला वातावरण समूहकी अध्यक्ष एवं महिला वातावरण विशेषज्ञ अञ्जुसिंह शाहले गरिन् ।
कार्यक्रममा अतिथिहरुमा काशिखण्ड नगरपालिकाका प्रमुख डा. डिजन भट्टराई, नेपाल मेडिकल कलेजका आँखा विशेषज्ञ डा. शिवा उपाध्याय, नं. २६ बाहिनीपतिका प्रतिनिधि, मेथिनकोट अस्पतालका प्रतिनिधि, वीमन्स विङ्ग नेपालका अध्यक्ष निहारिकालक्ष्मी शाही, आर्य समाज नेपालका अध्यक्ष देवेन्द्र खड्का, ए वान नेपाल डटकमका नेपाल व्युरो प्रमुख एवं जापानी सूचना केन्द्र, नेपालका उपाध्यक्ष विष्णुप्रसाद तिमल्सीना, जगवैज्येश्वर केवल नेटवर्क प्रा.लि.का प्रवन्ध निर्देशक दुर्गाप्रसाद चिमौरिया, भकुन्डेबेसी प्रहरी चौकीका इन्चार्ज, भकुन्डेबेसी ट्राफिक प्रहरीका प्रमुख, जनक बहुमुखी क्याम्पसका प्रमुृख, जनक उच्चमाध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण यादव, समाजसेवी केशव रायमाझी, मोदनाथ अधिकारी तथा सुनिता दाहाल तथा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिको उपस्थिति थियो ।
प्रमुख अतिथि अञ्जुसिंह शाहले भूकम्पपीडित तथा वृद्धवृद्धालाई लक्षित गर्दै आयोजित आँखा शिविरको सफलताको कामना गर्दै यस्ता कार्यक्रममासक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यस्तै, नेपाल मेडिकल कलेजका आँखा विशेषज्ञ डा. शिवा उपाध्यायले भूकम्पबाट आक्रान्त तथा वृद्धावृद्धाहरुलाई सेवा गर्न पाउँदा आफूहरु खुशी हुँदै आगामी दिनमा पनि साथ र सहयोग दिने प्रतिवद्धता व्यक्त गरे ।
काशिखण्ड नगरपालिकाका प्रमुख डा. डिजन भट्टराईले यस नगरपालिकाका बासिन्दालाई लक्षित गर्दै आँखा शिविरको आयोजना गर्ने जापानी सूचना केन्द्र, नेपाल तथा नेपाल मेडिकल कलेजलगायत सम्पूर्ण संस्थालाई धन्यवाद ज्ञापन गरे । त्यस्तै, स्वास्थ्यकर्मी भीमा गौतमले प्रत्येक जनताले स्वास्थ्य क्षेत्रमा राज्यबाट पाउनुपर्ने नैसर्गिक अधिकारीबाट वञ्चित हुन परेको परिस्थितिलाई कोट्याउँदै यस्ता शिविरहरु आयोजना गर्दै वृद्धावृद्धाको सेवा गर्न पाउँदा खुशी लागेको बताइन् । त्यस्तै, जापानी सूचना केन्द्र, नेपालका अध्यक्ष मदनकृष्ण सिलवालले केन्द्र शिक्षा, स्वास्थ्य र आधुनिक कृषिका विविध कार्यक्रम गर्न इच्छुक रहेका बताए । उनले आँखा शिविरमा सहयोग पु¥याउने संघ–संस्थालाई धन्यवाद पनि दिए ।
कार्यक्रमको उद्घोषण भकुन्डेबेसी जेसिजका अध्यक्ष यन्त्रनाथ खनालले गरेका थिए । आयोजक संस्थाको तर्फबाट अप्सरा खनाल र स्थानीय संघ–संस्थाको तर्फबाट हरिहर अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
प्रतिक्रिया