रुसुकिमले मनायो चियोपा चियोमा पुर्णे

काठमाडौं, १५ भदौ । खोटाङ जिल्लाबाट काठमाडौंमा आएर बस्दै आएका दुमि राईहरुको सत्म र रंकासु पाछाको रुसुकिम समितिले चियोपा चियोमा पुर्णे मनाएको छ । आफ्नो मौलिक संस्कार अन्तर्गत ऋषीतर्पणी पुर्णीमालाई नागनागिनीको पुजा गरेर यो पुर्णीमा मनाइएको हो ।

काठमाडौको साँखुस्थित पर्यटकिय स्थल मणिचुड पोखरीमा आफ्नो धामीहरुसहित गएर मौलिक परम्परा अनुसार पूजापाठ गर्दै यो पर्व मनाएको रुसुकिमका अध्यक्ष प्रेम बहादुर रंकासुले जानकारी दिएका छन् ।

किरात मिथ्थकमा चियोपा चियोमा ( नाग नागिनी) लाई पानीको मुहानमा पुगेर उनीहरुको सम्मानस्वरुप पुजा आराधाना गर्नुकासाथै त्यहि दिन सम्पुर्ण देवदेवताहरु बाहिरिने भएकाले नुहाउने चलन रहेको दुमिकिरात राई फन्सिकिमका केन्द्रीय अध्यक्ष चतुभक्त सत्मले जानकारी दिए । उनले भने, ‘ हामी प्रकृति पुजक हौ । हाम्रो प्रत्येक पुर्खाहरुसँग जोडिएको पानीको मुहानमा पुर्खाहरु बास बसेका छन् । त्यसैले त्यो प्रकृतिको पुजा हामीले निरन्तर गर्दै आएका छौँ । ’

मणिचुड पोखरीमा उनीहरुले आफ्ना धामी अष्टबहादृुर हदी र ललितबहादुर रंकासुलाई लिएर गएको बताएका छन् । उनीहरु मध्ये एकजना पितृधामी र अर्का सेले धामी भएकाले दुवैधामीलाई लिएर गएको प्रेमबहादुर रंकासुले जानकारी दिए ।

प्रतिक्रिया