अखण्ड, जातीय र धार्मिक आन्दोलनमा लागे एमाले नेता–कार्यकतालाई तु कार्वाही

uml_officeकाठमाडौं, १० भदौ । एमालेले आफ्ना कुनै पनि नेता तथा कार्यकर्ता जातीय, धार्मिक र क्षेत्रीय समूहको आन्दोलनमा सहभागी भए तु कार्वाही गर्ने भएको छ । एमालेले पार्टीका सदस्य वा जनसंगठनका नेता कार्यकर्ता जातीय, धार्मिक र क्षेत्रीय समूहले गरेका आन्दोलन तथा अराजक गतिविधिमा संलग्न रहेको पाइए तुरुन्तै कारवाही गर्ने भएको हो ।

पार्टीको आधिकारिक निर्णय विपरित गतिबिधि गर्नेलाई निगरानीमा राखेर सम्झाउने र सम्झाउँदा नमाने सम्बन्धित कमिटीले बिधानबमोजिम कारवाही गर्ने सर्कुलर सबै जिल्ला र जनसंगठनमा पठाइएको छ ।

महासचिव इश्वर पोखरेलले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘हाम्रो पार्टीका कुनै पनि कमिटी, सदस्य या जनसंगठनका व्यक्ति अन्य समूहले आयोजना गरेका अराजक गतिविधिमा सहभागी नहोउन् भन्ने कुरामा दृढ रहने । कोही सहभागी भएको भए सम्झाइबुझाइ गरी अलग गराउने । पार्टी नीतिविपरित गतिविधि गर्ने सदस्य र कमिटीलाई विधानबमोजिम आवश्यक कार्बाही गर्ने । त्यसको जानकारी पार्टी केन्द्रमा दिने ।’

एमालेले सर्कुलरमा जाति, भाषा, धर्म र समुदायविरुद्ध बोल्न र लेख्नसमेत निषेध गरेको छ । कुनै जातीय समूहको आन्दोलनका क्रममा भएका अपराधिक घटनालाई लिएर समग्र समुदायलाई दोष लगाउने गरी कुनै किसिमको प्रचार नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

कुनै पनि जात–जाति, भाषा–भाषी, धर्म–संस्कृति या आस्था, राजनीतिक दल या समूह विशेषको प्रतिष्ठामा आँच आउनेजस्ता कुरामा निरन्तर सजग रहन एमालेले सर्कुरलमार्फत आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।

भदौ ८ गते पठाइको एमालेको ११ बुँदे विशेष निर्देशनमा कुनै पनि भागमा हुन सक्ने साम्प्रदायिक गतिविधिको सूचना केन्द्रमा पठाउन भनिएको छ ।

एमालेको सर्कुलरमा सिंगो पार्टी पंक्ति, पार्टीसम्बद्ध सबै जनसंगठन र हरेक पार्टी सदस्यले एकतावद्ध, क्रियाशील र रचनात्मक ढंगले संविधान निर्माणका लागि प्रभावकारी भूमिका खेल्नु, यसका लागि उपयुक्त वातावरण निर्माण गर्नु र समाजमा शान्तिसुरक्षा एवं सामाजिक सद्भाव कायम राख्न अगुवाइ गर्नु निर्देशन दिएको छ ।

विभिन्न जातीय आन्दोलन, हिन्दू राज्यको आन्दोलनलगायत अखण्ड आन्दोलन कतै पनि एमालेका कार्यकर्ता नलागुन् भनेर यो विशेष निर्देशन जारी गरिएको एमालेका एक नेताले बताए ।

कुनै पनि जाति समुदायका जायज माग छन् भने पार्टीको च्यानल र संविधानसभाको बैधानिक फोरमबाट राख्न एमालेले निर्देशन दिएको छ ।

अहिले हुने जुनसुकै आन्दोलनमा पनि संविधान जारी हुन नदिने र देशमा भाँडभैलो मच्चाउन खोज्ने राजनीतिक दलका कार्यकर्ता र पूर्वलडाकुहरुका साथै सिके राउत प्रवृत्ति समेत घुस्न थालेकाले एमालेले आफ्नो कार्यकर्तालाई सतर्क गराएको ती नेताले बताए ।

प्रतिक्रिया