काभ्रे । भूकम्पपछि टहरोमा बस्दै आएका एक दम्पतीको राती परेको पानीका कारण अस्थाई टहरा भत्केर ज्यान गएको छ । टहरा भत्कँदा टुकुचा नाला –८ का ४१ वर्षीय लक्ष्मण केसी र उनकी श्रीमती ३५ वर्षीया गीता केसीको ज्यान गएको हो ।
भुकम्पपछि बस्दै आएको घर भत्केर जस्ताको टहरो बनाएका थिए । जस्ताकोे गोलाकार टहरामा लगाइएको गाह्रो पानीले गलेर भत्कँदा एक दम्पतीको ज्यान भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर दीपक भारतीले जानकारी दिए ।
टहरा भत्केर लक्ष्मणका सात वर्षीय छोरा उपेन्द्र केसी र भान्जा दिनेश कार्की भने घाइते भएका छन् । घाइतेहरूकोे बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारपछि घर फर्किएका छन् । उनीहरूको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ । (सौस)
प्रतिक्रिया