धनकुटा । खानेपानी सरसफाइ उपभोक्ता समिति धनकुटाका नवनिर्वाचित अध्यक्ष द्रोणप्रसाद गुरागाईंले आपूmले पाउने तलब नलिने घोषणा गरेका छन् ।
अध्यक्ष पदमा निर्वाचित भए लगत्तै गुरागाईंले सञ्चारकर्मीहरूसँग खानेपानी उपभोक्ता समिति अध्यक्षले पाउँदै आएको १४ हजार तलब सुविधा नलिने र सो रकम उपभोक्ता समितिको हितका लागि समितिको खातामा जम्मा गर्ने घोषणा गरेका हुन् । गुरागार्इंले सो रकम नलिने भएपछि अब खानेपानी उपभोक्ताको खातामा वार्षिक १ लाख ६८ हजारका दरले ४ वर्षे कार्यकालमा ६ लाख ७२ हजार रकम जम्मा हुने भएको छ । गुरागाईंले हाल भइरहेको करिब ४० प्रतिशतभन्दा बढी खानेपानी चुहावटलाई रोक्ने र धनकुटाबासीलाई स्वच्छ, सफा पानी खुवाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । (सौस)
प्रतिक्रिया