काठमाडौं, २५ साउन । विवाहित सुन्दरीको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन २०१५ को उपाधि पासाङ डोल्मा चापागाईंले जितेकी छन् । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता अल नेपाल पब्लिकेसनले राजधानीमा गरेको हो ।
चर्चित फोटोग्राफर राजभाइ सुवाल, गायक सीताराम पोखरेल, गोपीकृष्ण टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल, सञ्चारकर्मी सुमित राणा, अधिवक्ता प्रवीण पण्डक र मोडल निलम चन्द प्रतियोगिताको निर्णायक थिए । पासाङले मिसेस नेपाल आइकन २०१५ का साथमा बेस्ट स्पिचको उपाधि पनि हात पारिन् ।
प्रमुख उपाधि चुमेकी पासाङ सफल शिक्षिका र कुशल नारी बन्न चाहन्छिन् । साथमा कोही नभएको बेला धैर्य राख्न सक्ने क्षमता र सबै कुरा भएको बेला मानिसले देखाउने व्यवहारले नै उसको परिचय दिलाउने मान्यता उनको छ । उनी पुस्तक पढ्न र कविता लेख्न रुचाउँछिन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा शान्ता लामाले फस्ट रनरअप, मस्ट पपुलर र भ्युअर्स च्वाइस जितिन् । सुजाता काफ्लेले शाह सेकेन्ड रनरअपसँगै सोसल्ली रेस्पोन्सिबल र फेसबुक च्वाइस अवार्ड जितिन् । सुनीता हमाल थापाले थर्ड रनरअपका साथ बेस्ट आर्टवर्क र प्रकृति कोइराला पोखरेलले फोर्थ रनरअपका साथ बेस्ट पर्सनालिटी हात पारिन् ।
अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा भएको प्रतियोगितामा सुनिता रौनियार बेस्ट हेयर, विद्यालक्ष्मी महर्जन र जेनिसा सापकोटा थापा मेनेजमेन्ट च्वाइस अवार्ड, कल्पना गिरी मस्ट फोटोजेनिक, प्रसन्ना श्रेष्ठ मस्ट इन्टेलेक्चुअल, रोजी खनाल मस्ट पर्फेक्ट, रूपा चापागाईं मस्ट डिसिप्लेन, मन्जु कार्की पाण्डे बेस्ट स्माइल र मस्ट कन्फिडेन्ट अवार्ड, टिना महर्जन मस्ट एक्टिभ, प्रमिला भट्टराई धमला मिसेस कन्जिनालिटी, स्मृति राई मिसेस क्याटवक, सिल्पा श्रेष्ठ बेस्ट स्किन, चन्द्रा लिम्बु मस्ट फ्रेन्ड्ली, क्षितिजा श्रेष्ठ बेस्ट फिट्नेस, स्मृता कार्की मस्ट ब्युटिफुल, अनिमा ढुंगाना मिसेस फेसन आइकन, सिम्रन आचार्य मस्ट पोजिटिभ एटिच्युड, उज्जला थापा बेस्ट फिजिक, प्रमिलाचण्डी श्रेष्ठ ब्युटी विथ प्रपोज, वर्षा शर्मा कार्की मस्ट ब्युटिफुल आइज, सम्झना खड्का मस्ट क्रियटिभ, सुष्मा पाण्डे शाही मस्ट ट्यालेन्ट, प्रविना शर्मा मस्ट डिजर्भिङ, अन्जु राई रानामगर मस्ट पंच्युल, अनु खड्का बस्नेत मस्ट चार्मिङ, शर्मिला श्रेष्ठ सोसल वेलफयर एम्बेस्डर र प्रमिला केसी ब्युटी विथ रेसपोन्सिविलिटी शीर्षकमा विजयी रहे ।
प्रतिक्रिया