काठमाडौं, ११ साउन । केही वर्षअघि क्यान्सरको डरले स्तनको अपरेसन गरेकी हलिउड अभिनेत्री एन्जोलिना जोलीले गर्भाशय पनि भर्खरै अपरेसन गरेर फ्याकेकी छन् । उनले केही समयअघि एक अंग्रेजी पत्रिकामा एउटा लेख प्रकाशित गर्दै सो कुराको खुलासा गरेकी हुन् । उनले आफ्नो लेख ‘एन्जलिना जोली पिट : डायरी अफ ए सर्जरी’ मा आपूले अण्डाशय पनि फ्यालेको खुलाएकी हुन् । आफ्ना र धर्मसन्तान गरी ६ छोराछोरीकी आमा जोलीले गर्भाशय निकालेपछि सन्तान जन्माउन असक्षम भएकी छन् । जोलीका अनुसार उनलाई ब्रेस्ट क्यान्सर हुने सम्भावना ८७ प्रतिशत र गर्भाशय क्यान्सरको सम्भावना ५० प्रतिशत थियो । उनको आमाको निधन पनि गर्भाशय क्यान्सरकै कारण भएको थियो । वंशाणुगत समस्या हुने कारणले नै आपूले गर्भाशय फ्याकेको उनको भनाइ छ ।
गर्भाशय र फैलोपियन ट्युब्स निकाल्नका लागि लामो समयदेखि सोचमग्न रहे पनि दुई हप्ताअघि चिकित्सकले उनलाई चाँडै शल्यक्रिया गर्न सुझाव दिएको पनि खुलाएकी छन् । एजेन्सी
प्रतिक्रिया