काठमाडौं, ११ साउन । देशका चर्चित मोडल एवं डान्सर शंकर बिसी अहिले एक गीतको सुटिङमा गुल्मीको तम्घासमा नाच्न पुगेका छन् । लोकगायक बैकुण्ठ महतको ‘घाटाको कारोबार’ बोलको गीतमा मोडलिङ गर्न उनी तम्घास पुगेका हुन् ।
गीतमा उनका साथ अर्की चर्चित मोडल रश्मि तामाङ पनि नाच्दै छिन् । तिजको अवसरमा गायक महतले आफ्नो १३औँ एल्बमका रूपमा ‘घाटाको कारोबार’ बजारमा ल्याउन लागेका हुन् । यसअघि थुप्रै गीतमार्पmत चर्चा कमाएका महतले यो गीत पनि स्रोताले रुचाउने अपेक्षा राखेका छन् ।
तम्घासको बालमन्दिरमा चलिरहेको सुटिङको सम्पूर्ण व्यवस्थापन महेश काउछा, टामलाल केसी, देवेन्द्र भलामी र रोमबहादुर सिँजालीले गरेका छन् । शंकर बिसी आउने कुराले केही दिन त्यहाँ निकै चर्चा पाएको थियो ।
प्रतिक्रिया