काठमाडौं, ९ साउन । ‘मिस मंगोल नेपाल २०१५’ का लागि धरानमा गत बुधबार भएको पूर्वाञ्चल अडिसनबाट १० सुन्दरी छनौट भएका छन् । प्रतियोगिताका लागि धरान अडिसनमा पूर्वाञ्चलका विभिन्न जिल्लाबाट २७ जना सहभागी थिए । छनोट हुनेमा शरुपा थापामगर, सेवी श्रेष्ठ, जेनिशा लिम्बू, आस्था राई, साङमु सेर्पा, अर्चना चौधरी, सोनु लिम्बू, रुषा श्रेष्ठ, एलिना राई, सीमा राई, रानु लिम्बू, रक्षा राई, इक्सा मादेन छन् ।
छनोट सूचीमा परेका १३ मध्ये कमफस्टका आधारमा १० जनालाई मात्रै सहभागी गराइने आयोजक एक्सन इन्टरटेनमेन्टले जनाएको छ । अडिसनमा मिस मंगोल नेपालको आयोजक संस्था एक्सन इन्टरटेनमेन्ट प्रालिका सल्लाहकार पूर्ण लामाका साथमा हिमाल राई, रेणु वाजा लामालगायत निर्णायक मन्डलमा रहेका थिए ।
राजधानीमा भएको अडिसनबाट २२ जना छनोट भएका छन् । राजधानी र धरान अडिसनबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई रोजिन शाक्यले प्रशिक्षण दिनेछन् । प्रतियोगितामा १६ देखि २४ वर्ष उमेरका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउँछन् । सुन्दरता, बौद्धिकता र संस्कृतीबीचको फ्युजनका रूपमा लिइएको मिस मंगोल नेपाल २०१५ को अन्तिम प्रतिष्पर्धा साउन ३० गते राजधानीमा हुनेछ । सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोकामगर, मुस्कान लिम्बू र एनिस्ता गुरुङले मिस मंगोलको उपाधि चुमिसकेका छन् ।
प्रतिक्रिया