काठमाडौं, ८ साउन । सञ्चारकर्मी तथा टेलिभिजन प्रस्तोता रविन्द्र पौडेलले म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका छन् । ‘अनौठो पलको (मेरो देश)’ नामक भिडियोलाई ग्यालेक्सी म्युजिकले बजारमा ल्याएको हो ।
सञ्चिता लामिछानेको स्वरमा रहेको गीतमा शिव र सुमन दुईजनाको संयुक्त संगीत रहेको छ । अर्का सञ्चारकर्मी केशव जोशीको शब्द रचनामा रहेको गीतका निर्देशक पौडेल लामो समयदेखि टेलिभिजन पत्रकारितामा सक्रिय छन् ।
उनले भिडियोमा भूकम्पपछि चकनाचुर नेपालीको सपना र बाँकी रहेको आशालाई मार्मिक ढंगबाट प्रस्तुत गरेको बताए । नयाँ भिडियोका सम्बन्धमा पाएको प्रतिक्रियाबारे पौडेलले भने, ‘पहिलो काममै सन्तुष्टि मिलेको छ । सुधार गर्नुपर्ने धेरै भए पनि साथिभाइले दिएको प्रतिक्रियाले उत्साहित बनाएको छ ।’
प्रतिक्रिया