पाँचथर । जिल्ला विकास समीतिको टिटिहलभित्र संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन भइरहँदा लिम्बुवानका कार्यकर्ताले मस्यौदा च्यातेका छन् भने राप्रपा नेपालका कार्यकर्ताले हल बाहिर जलाएका छन् ।
टिटिहलभित्र संघीय समाजवादी फोरम र लिम्बुवान पार्टी नेपालका कार्यकताले सभासद्लाई कालोझन्डा देखाउनुकासाथै मस्यादौ च्यातेका थिए । सभासद्ले सुझाव राख्न सहभागीलाई समय दिएपछि हलमा नाराबाजी गरी संघीय समाजवादी र संघीय लिम्बुवान पर्टी नेपालका कार्यर्ताले हुलदंगा मच्चाएका हुन् ।
तनाव बढ्दै गएपछि विरोध गर्नेहरूलाई सुरक्षाकमीले घचेट्दै हल बाहिर निकालेका थिए । (सौस)
प्रतिक्रिया