पाँचथर, ४ साउन । पाँचथरमा अहिले पनि संविधान–२०७२ को प्रारम्भिक मस्यौदाको प्रति पाउन नसकेको भन्दै नागरिकले गुनासो गरेका छन् ।
सरकारले प्रत्येक नेपालीको हातमा संविधानको खाका पु¥याउने भने पनि जिल्लाका नागरिकले अहिलेसम्म मस्यौदा पाउन नसकेको गुनासो गरेका हुन् ।
मस्यौदाको प्रति कम छापिएकाले प्रत्येक नेपालीको हातमा पुग्न नसकेको संविधान सुझाव समितिका प्राविधिक अधिकृत जीवन निरौलाले बताए ।
संविधानसभाले देशभरका लागि रु दुई लाख प्रति मस्यौदा किताब छपाइ गरे पनि छपाइ प्रक्रिया ढिला भएका कारण जिल्लामा पु¥याउन कठिनाइ भइरहेको संविधान सुझाव समितिले जनाएको छ ।
करिब दुई लाख जनसङ्ख्या भएको पाँचथरमा एक हजार ५०० प्रति मात्र मस्यौदा किताब आइपुगेको समितिका प्राविधिक अधिकृत निरौलाले जानकारी दिए । यसैबीच स्थानीयवासिन्दाले मस्यौदा नै नहेरी राय सुझाव दिनुपरेको गुनासो गरेका छन् ।
जिल्लाको क्षेत्र नम्बर १ स्थित गोपेटार उच्च मावि र क्षेत्र नम्बर २ को यासोकस्थित यासोक जनभवनमा आज संविधानसभा सदस्य तथा सुझाव समितिलाई मौखिक र लिखित सुझाव नागरिकले दिँदै छन् ।
प्रतिक्रिया