पहिरो जाँदा हेटौँडा–कुलेखानी सडक अवरुद्ध

Hetauda-Kulekhani-Sadakहेटौँडा, ३१ असार । बुधबार राति परेको वर्षाले हेटौँडा कुलेखानी सडकखण्डको सिस्नेरी गाविस–३ भालुटारस्थित राजमार्गमा पहिरो जाँदा हेटौँडा कुलेखानी सडक अवरुद्ध भएको छ ।

हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौं जाने यातायातका साधनहरु आज बिहानै त्रिभुवन राजपथबाट सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज मौसम अनुकूल भएमा दिउँसोबाट उक्त पहिरो हटाई काठमाडौं–हेटौँडा र हेटौँडा–काठमाडौं यातयात सेवा सञ्चालन गर्ने तयारी भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले बताए ।

हेटौँडा कुलेखानी सडकअन्तर्गत दैनिक ७५० वटा सुमोजिप यातायात सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया