मोरङ, ३१ असार । साउन ४ र ५ गते मोरङको नौ वटै निर्वाचन क्षेत्रमा नयाँ संविधानको प्रारम्भिक मस्यौदाका विषयमा बृहत् सुझाव संकलन गरिने भएकाले त्यसको तयारी भइरहेको छ ।
जिल्ला प्रसासन कार्यालय मोरङले विराटनगरमा गरेको छलफल कार्यक्रममा सो विषयमा जानकारी दिएको हो ।
नयाँ संविधान जारी गर्न जनताको सुझाव संकलनका लागि आएको सभासद्को टोलीले मोरङ क्षेत्र नंं.–१ का लागि सिजुवा, क्षेत्र नं. २ का लागि पथरी–३ का लागि बेलबारी केन्द्र तोकिएको छ । यसैगरी क्षेत्र नंं. ४ का लागि रंगेली, क्षेत्र नं ५ का लागि रानी विराटनगर क्षेत्र नं. ६ का लागि झोराहाट, क्षेत्र नं. ७ का लागि टंकीसिनवारी, क्षेत्र नं ८ का लागि केराबारी तथा क्षेत्र नं. ९ का लागि लेटाङमा बृहत् सुझाव संकलन कार्यक्रम राखिएको मोरङ प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए ।
सुझाव संकलनका लागि गाउँगाउँमा ३१ असारमै सभासद्हरू पुग्ने बताइएको छ । संसद् सचिवालयलको आयोजनामा हुन लागेको बृहत् सुझाव संकलनका लागि सफल बनाउन गाउँ विकास समितिका सचिव, कर्मचारीसमेत परिचालन गरिएको छ । सचिवालयका उप–सचिव मनोजकुमार गिरीले नयाँ संविधानका लागि सुझाव संकलन गर्ने कार्यक्रमको आयोजना गर्न लागिएकाले सबैलाई सहभागी हुन आग्रह गरे । कार्यक्रममा विभिन्न राजनीतिकदल, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि मानवअधिकारकर्मी, पत्रकार कानुन व्यवसायीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न तयार रहेको बताएका थिए ।
प्रतिक्रिया