मोडलिङमा राजीव

rajeev-jungकाठमाडौं । पेसाले व्यवासयमा संलग्न युवा राजीवजंग सिञ्जापति अब मोडलका रूपमा दर्शकमाझ आउने भएका छन् । बिजनेसको सिलसिलामा कहिले सिंगापुर त कहिले युकेमा लामो समय बिताएका उनी हाल युएईमा छन् । सानैदेखि गायन तथा मोडलिङमा रुचि राख्ने उनी कन्सर्टहरूमा लाइभ प्रस्तुति पनि दिन्छन् । तर, हालसम्म उनले कुनै गीत रेकर्ड गराएका छैनन् ।

आफ्नै कम्पोजमा केही गीत निकाल्ने योजनामा रहेका उनले हालसम्म दुईवटा गीतमा अभिनय गरिसकेका छन् । मनोज राजको आवाजमा रहेको ‘एकान्तलाई साक्षी राखी’ बोलको गीतमा अभिनय गरेका उनले पछिल्लो समयमा दिनेश गौतमको गीतमा पनि अभिनय गरेका छन् । एक सफल बिजनेसमेन बन्ने धोको पालेका राजीवले मोडलिङ पेसालाई पनि सँगै लैजाने बताए । भिडियो निर्देशक दयाराम घिमिरेको निर्देशनमा यी भिडियोमा उनले अभिनय गरेका हुन् । निर्देशक घिमिरेले अभिनय नसिके पनि राजीवमा अभिनयको राम्रो क्षमता रहेको जनाए ।
भक्तपुरको सानोठिमीमा जन्मेका राजीव गिटारिस्ट र आर्टिस्ट पनि हुन् । उनले आर्ट गरेका तस्बिर विभिन्न प्रदर्शनीमा समावेश गरिएका छन् । (सौस)

प्रतिक्रिया