बम विस्फोटबाट तीन बालबालिकाको मृत्यु

लासकार घा (अफगानिस्तान), २० असार । तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको अफगानिस्तानको दक्षिण प्रान्त हेलमान्डको मार्जा जिल्लामा भएको एक बम विस्फोटमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

शुक्रबार अपराह्नमा भएको सो विस्फोटनमा परी तीन निर्दोष बालबालिकाको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता ओमार जवाकले शनिबार बताएका छन् ।

मार्जा जिल्लाको एक भूमिमा खेलिरहेका तीन बालबालिकामा बम विस्फोटमा परी दुर्घटनास्थलमै मृत्यु भएको जवाकले सिन्ह्वा समाचार समितिलाई बताए ।

जवाकका अनुसार यस प्रकारको प्राणघातक बम आक्रमण तालिवान आतङ्ककारी समूहले नै गराउँर्दै आएको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको छ । यद्यपि सो समूहले भने यस विषयमै केही टिप्पणी गरेका छैनन् ।

त्यसैगरी मार्जाको छिमेकमा पर्ने प्रान्त गेरेसक जिल्लामा शुक्रबार नै भएको यस्तै प्रकारको घटनामा परी तीन बालबालिका घाइते भएका छन ।

प्रतिक्रिया