ब्याडमिन्टन टोली बैंकक जाने

badmintonकाठमाडौं । एससिजी ब्याडमिन्टन एसियाली जुनियर च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । २८ जुन देखि ५ जुलाईसम्म हुने व्यक्तिगत र मिक्स टिम प्रतिस्पर्धाको पुरुषमा नीरविक्रम देवकोटा तथा महिलामा शिक्षा श्रेष्ठ र सुनैया मुखियाले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषमा दीपेश धामीले पनि प्रतियोगितामा भाग लिने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । दीपेश हाल तालिमका सिलसिलामा मलेसियामा रहेकाले उनी त्यतैबाट बैंकक गई नेपाली टोलीसँग मिसिनेछन् । टिम व्यवस्थापकमा ब्याडमिन्टन संघका सदस्य एवं ब्याडमिन्टनका पूर्व मुख्यप्रशिक्षक उदयकुमार श्रेष्ठ तथा प्रशिक्षकमा वर्तमान ब्याडमिन्टन मुख्य प्रशिक्षक रजनी जोशी छन् । (सौस)

प्रतिक्रिया