काठमाडौं । विगत पाँच वर्षदेखि दुबईमा बस्दै आएका गायक कमल कार्कीले ‘सालै जौ’ एल्बम ल्याउने भएका छन् । नेपालमा रहँदा दर्जन बढी लोक तथा दोहोरी गीत श्रोतालाई दिइसकेका कमलले लोक लयका गीतलाई एल्बममा समेट्नेछन् ।
‘एल्बममा अलिक भिन्न किसिमका गीत रहनेछन्, पक्कै पनि श्रोताले मनपराउनुहुनेछ,’ कमलले भने, ‘केही समयपछि श्रोताले मेरा गीत सुन्न पाउनुहुनेछ ।’ दुबईमा हुने विभिन्न स्टेजका कार्यक्रममा व्यस्त हुने कमल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गुल्मीका सल्लाहकार पनि हुन् । (सौस)
प्रतिक्रिया