विज्ञापन डिस्प्लेमा पोर्न फिल्म

Pornमुम्बई । भारतको केरला राज्यबाट एउटा अचम्मको समाचार सार्वजनिक भएको छ । त्यहाँको वायनाड जिल्लास्थित कलपेट्टा बज्वेमा गत मंगलबार बिहान एक बस स्टेन्डमा राखिएको एक विज्ञापनको डिस्प्लेमा अचानक पोर्न फिल्म आएपछि सनसनी फैलिएको छ । सयौं मानिसको आवतजावत हुने उक्त स्थानमा राखिएको डिस्प्लेमा अचानक पोर्न फिल्म आएपछि हल्लीखल्ली मच्चिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार पोर्न फिल्म आउना साथ स्थानीयले तुरुन्त प्रहरीलाई खबर गरेका थिए । त्यहाँका एक केबल अपरेटरले गल्तीले विज्ञापनको डिस्प्लेमा गलत भिडियो क्लिप अपलोड गरिदिएपछि पोर्न फिल्म देखिएको प्रहरीले जनाएको छ । उक्त स्टेन्डमा रहेका मञ्जुर नामका केबल अपरेटरले आफ्नो गल्तीका कारण डिस्प्लेमा पोर्न फिल्म आएको स्वीकार गरेका छन् । गत बुधबार अदालतमा उपस्थित भएका उनले प्रहरी र अदालतसमक्ष दोष स्वीकार गरेका थिए । प्रहरीले उनीविरुद्ध आइपिसीको धारा २९२ र आइटी ऐनको धाराअनुसार मुद्दा दायर गरेको छ । (एजेन्सी)

प्रतिक्रिया