चर्चमा गोली प्रहार, नौको मृत्यु

church shootingवासिङ्गटन, ३ असार । अमेरिकाको दक्षिण क्यारोलिना राज्यको चर्लेस्टोन इलाकामा अवस्थित एक चर्चमा गोरा बन्दुकधारीले गरेको गोली प्रहारमा परी नौ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

काला समुदायको अफ्रिकन अमेरिकन चर्चमा बुधबार राति सो घटना भएको बताइएको छ ।

गोली प्रहारबाट आठ व्यक्तिको घटनास्थलमै र अन्य एक उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएको छ । सो गोली प्रहार २१ वर्षीय एक गोरा व्यक्तिले गरेको जनाइएको छ ।

चर्लेस्टोनका मेयर जोए रिलेए चर्चमा व्यक्ति प्रार्थना गरिरहेका अवस्थामा उक्त गोली प्रहार भएको बताउनुभएको छ ।

काला धार्मिक समुदायबीचमा एक ठूलो चर्चका रुपमा रुहेको यो चर्च १८९१ मा बनेको एक वेबसाइटले बताएको छ ।

प्रतिक्रिया