एकसाथ दुई सौन्दर्य प्रतियोगिता

Ladyकाठमाडौं । रिवन इन्टरटेनमेन्टले एसएलसी दिएर बसेका छात्रछात्रालाई सौन्दर्य प्रतिस्पर्धामा उतार्ने भएको छ । भूकम्पबाट त्रसित र अन्योलमा परेका छात्रछात्रालाई सामान्य जीवनतर्प उन्मुख गर्ने उद्देश्यले आगामी असार १७ गते ‘मिस एसएलसी अफ द इयर २०१५’ र ‘मिस्टर एसएलसी अफ द इयर २०१५’ मा स्पर्धा गराउन लागेको हो ।
इन्टरटेनमेन्टका अध्यक्ष निशु झाका अनुसार छात्र र छात्रा दुवैतर्पmको प्रतियोगिताका प्रमुख उपाधि विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ भने आइएलटिएस, टफेल र भाषाको कोर्सका साथमा विभिन्न गिप्ट ह्याम्परको व्यवस्था गरिनेछ । त्यसैगरी, विजेता छात्राका लागि एयरहोस्टेज तालिमको व्यवस्था गरिने झाले बताए । आयोजकले प्रतियोगीहरूलाई कोरियोग्राफी, ग्रुमिङ, स्विमिङ, व्यक्तित्व विकास, चित्रकला, शृंगार, जुम्बालगायत विभिन्न विधाको प्रशिक्षण दिइरहेका छन् । ‘मिस एसएलसी अफ द इयर २०१५’ मा करिना बमजन, सारा कपाली, डोल्मा तामाङ, जिना श्रेष्ठ, प्रियासा हमाल ठकुरी, मौसमी खत्री, प्रतीक्षा खनाल, सुष्मा सिलवाल, इनु राई, विनी महर्जन, रोजी लामा, दीपा मानन्धर, प्रशंसा दाहाल, सगुन अर्याल, नलिना महर्जन, सविना न्यौपाने, ओजस्वी ढकाल, लक्ष्मी गुरुङ, अनु तामाङ, स्वस्ति वैद्य, पुनम श्रेष्ठ, स्वस्तिका शाक्य, पूजा परियार, प्रविना घले,
तेन्जिङ डोल्मा तामाङ र दिव्या बर्देवाले प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै ‘मिस्टर एसएलसी अफ द इयर २०१५’ मा गगन फुयाल, दीपेन्द्र कार्की, सन्देश न्यौपाने, रिदम रिक रिमाल, सलिन शर्मा, विश्वास बुढाथोकी, सुवास पाण्डे, अधिराज मल्ल, स्वस्तिक आर्चाय, करन थापा, रिकि लामा, रोहित खड्गी, विपिन राना मगर र रोचक लामा प्रतिस्पर्धी छन् ।
प्रतियोगिताका लागि अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन् । राजधानीको राष्ट्रिय नाचघरमा हुने दुवै प्रतियोगितामा मुख्य उपाधिका साथ फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनर अपसँगै क्याट्वाक, पर्सनालिटी, ब्युटिफुल स्किन, बेस्ट स्किन, ब्युिटफुल, ह्यान्डसम, सोसेएबल, ब्युटी विथ पर्पोज, बेस्ट आर्टवर्क, ट्यालेन्ट, बेस्ट स्पिच, फोटोजेनिक, बेस्ट स्माइल, मस्ट पपुलर, बेस्ट डिसिप्लेन, बेस्ट स्माइल, मस्ट फ्रेन्डली, बेस्ट फिजिक्स, बेस्ट हेयर, भ्युअर्स च्वाइस र मेनेजमेन्ट च्वाइस विधामा विजेता छानिनेछ । (सौस)

प्रतिक्रिया