दक्षिण कोरियामा मर्सको सङ्क्रमण घटेन

blood of survivorsसोल, २ असार । दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामको भाइरसको सङ्क्रमणको प्रभाव बढ्दो मात्रामा रहेको बताइएको छ ।

बुधबार यसका थप चार जना सङ्क्रमित भेटिएको खबर छ । यो सङ्क्रमणका बिरामीको सङ्ख्या १६० पुगेको बताइएको छ ।

यस सङ्क्रमणबाट २० जनाको ज्यान गएको कोरियाली स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यसबाट बुधबार थप एक जनाको ज्यान गएपछि त्यसबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको हो ।

बुधबारको पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको छ । करिब तीन हप्ताअघिमात्र चार जनामा यसको सङ्क्रमण देखिएको थियो । त्यसयता यसको सङ्क्रमण त्यहाँ दिनप्रतिदिन बढ्दोमात्रामा रहेको पाइएको छ ।

आजसम्म आइपुग्दा यसबाट सङ्क्रमितको सङ्ख्या कम्तीमा पनि १६२ पुगेको अधिकारीहरुको भनाइ छ । अस्तालहरुमा अहिले पनि सयौँ व्यक्तिको उपचार जारी रहेको छ ।

कोरियाली स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरियाली अधिकारीहरुले यस सङ्क्रमणको प्रभाव घटाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको र सतर्कता अपनाइएको छ ।

स्वास्थ्य जाँचपछि सयौँ व्यक्तिलाई घरैमा बस्न भनिएको छ । त्यस्तै यसबाट बच्न सयौँ जना स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ ।

दक्षिण कोरियाबाट बाहिर जाने तथा दक्षिण कोरिया भित्रिने एयरलाइन्सलाई पनि सतर्कता अपनाउन कडा निर्देशन जारी गरिएको समाचारमा जनाइएको छ ।

यस सङ्क्रमणलाई थप फैलिन नदिन सरकारले कडा सतर्कता अपनाएको बताएको छ । तर पनि दिनहुँ नयाँ बिरामी भने भेटिएकाले सरकरी पहल प्रभावकारी हुन नसकेको आरोप पनि छ ।

प्रतिक्रिया