मुस्काएर अलि–अलि सार्वजनिक

काठमाडौं । गायक प्रल्हाद तिमिल्सिना र गायिका नित्या शिवाको स्वर रहेको ‘मुस्काएर अलि–अलि’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी ‘घायल’ ले निर्देशन गरेको भिडियोमा विकास लामिछाने र काजल खनालले अभिनय गरेका छन् ।
रोमान्टिक बेसमा तयार पारिएको भिडियोमा एक जोडीको प्रेम र भावना देखाउन खोजिएको छ । गीतमा विकास चौधरीको संगीत र निर्देशक घायलको शब्द रहेको छ । भिडियोका छायाँकार मुकेस हुमागाईं हुन् भने नविना निरौनाले सम्पादन गरेकी छन् । (सौस)

प्रतिक्रिया