बन्ने भयो बिरानो माया

Namrataकाठमाडौं । वैशाख १२ गतेको भूकम्प गएपछि नयाँ फिल्म निर्माणको क्रम प्रायः ठप्प नै भएको छ । सुटिङ गर्दागर्दै भूकम्पका कारण रोकिएका फिल्मले सुटिङलाई पूर्णता दिए पनि नयाँ फिल्म बन्ने क्रमले निरन्तरता पाएकै छैन् । तर, यो अवस्थालाई तोड्दै सञ्चारकर्मी तथा कलाकार माधव खरेल फिल्म निर्देशनमा जुटेका छन् । उनले आफ्नो निर्देशनमा बन्न लागेको फिल्म ‘बिरानो माया’को सोमबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गराएका छन् ।
श्रीमिडिया सर्च एनड मुभि मेकर प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा मिलन लामा र सावित्री अधिकारीको लगानी रहनेछ । फिल्मको कथा माधवले नै लेखेका हुन् । निर्देशक खरेलका अनुसार फिल्मले प्रेमको कथा बोल्नेछ । ‘भूकम्पपछि फिल्म क्षेत्रमा ठूलो असर परेको छ, फिल्मकर्मीहरू नयाँ फिल्म बनाउनका लागि जोखिम देखिरहेका छन्, यही बेला हामी युवाको समूहले फिल्म बनाउने काममा किन आँट नगर्ने भनेर नयाँ फिल्म बनाउन लागेका हौँ,’ निर्देशक खरेलले भने, ‘असारको पहिलो सातादेखि हामी छायांकनमा जाँदै छौँ ।’
फिल्ममा दिनेश डिसी, श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दिपसा बिसी, बिएस लामिछाने (राजु बजाज), तिलक कट्टेल, सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहनेछ । फिल्मका क्रिएटिभ–कास्टिङ् डाइरेक्टर शान्तिप्रिय रहेका छन् ।
मुहूर्त कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नरिवल फोरेका थिए भने महासचिव सन्दीप सापकोटाले क्यामेराको स्विच अन गर्दा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले मुहूर्त सटको निर्देशन गरेका थिए ।
जनकराज अधिकारीको छायांकन रहने फिल्ममा अनिल विरही र सरोज प्याकुरेलको संगीत, शंकर महर्जनको द्वन्द्व, रुपेश उप्रेतीको नृत्य र प्रल्हाद खरेलको मुख्य सहायक निर्देशन रहनेछ । फिल्ममा दीपक लिम्बू, माण्डवी त्रिपाठी, स्व.योगिता मोक्तान र टिना लामाको स्वर रहनेछ । फिल्मको छायांकन काभ्रे, सिन्धुली, इलाम, झापा र काठमाडौंलगायतका स्थानमा हुनेछ । (सौस)

प्रतिक्रिया