बुटवल, ३१ जेठ । सय वर्ष पुरानो मानिने बुटवलकोे लुम्बिनी अञ्चल अस्पतालमा भवन बनेको १८ वर्षपछि आइसियू सेवा सुरु हुने भएको छ ।
लुम्बिनी अञ्चल अस्पतालमा करोडौँ लगानीमा आइसियू सञ्चालनका लागि उपकरण आएको वर्षांैसम्म पनि राजनीतिक खिचातानीका कारण आइसियू सेवा सञ्चालनमा आउन सकेको थिएन ।अस्पतालले ३२ जेठदेखि आइसियू सेवा सञ्चालन गर्ने तयारी गरेको छ । ०५४ सालमा अस्पतालले आइसियू सेवा सञ्चालन गर्ने भन्दै भवन निर्माण गरिएको थियोे । नेपाल सरकारबाट एक करोड रुपैयाँ आइसियू सञ्चालनका लागि प्राप्त भएपछि अस्पतालले ६ बेडको आइसियू सञ्चालन गर्न लागेको हो ।
आइसियू कक्षको ३२ जेठमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । आइसियू सञ्चालनका लागि आवश्यक उपकरणहरू अस्पतालले खरिद गरिसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.तारानाथ पौडेलले बताए ।आवश्यक जनशक्ति पनि तयार भएको उनी बताउँछन् । आइसियू सञ्चालनपछि महँगो शुल्कमा अन्यत्र रिफर गरिने बाध्यता हट्नेछ । आइसियू सञ्चालनपछि अस्पताललाई हालको बाहेक वार्षिक एक करोड व्यय भार थप हुनेछ । त्यसका लागि रकम अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालले हाल आप्mना मातहतमा रहेका ७३ सटरहरुलाई भाडामा लगाएमा अस्पतालले बार्षिक करिव ५ करोड रुपैयाँ आम्दानी गर्नेछ । यसअघि ७३ सटरबाट अस्पतालले ८६ लाख रुपैयाँ मात्र वार्षिक आम्दानी गर्दै आएको थियो ।
आइसियू सञ्चालनका लागि आवश्यक २९ जना कर्मचारीहरु पूर्ति भइसकेको छ । नौजना स्टाप नर्स, चारजना डाक्टर, सातजना कार्यालय सहयोगी, एक ड्राइभर अस्पतालमा तयार भइसकेका छन् । त्यसबोहक तीन नर्सिङ स्टाप, एक ल्याव टेक्निसियन, एक ल्याव असिस्टेन्ट लोकसेवा आयोगसँग सहकार्य गरी नियुक्ति गरिने अस्पताले जनाएको छ ।
प्रतिक्रिया