अनौपचारिक शिक्षाको अनुगमन

जनकपुरधाम, २६ जेठ । धनुषामा सञ्चालित अनौपचारिक शिक्षा तथा साक्षर अभियान नेपाल कार्यक्रमको स्थलगत अनुगमन गरिएको छ । धनुषा गोविन्दपुर गाविसमा सञ्चालित साक्षर अभियान कार्यक्रमको धनुषाका निमित्त जिल्ला शिक्षा अधिकारी दानिकान्त झाको नेतृत्वमा अनुगमन गरिएको छ ।
धनुषाको गोविन्दपुरमा नयाँ समाज नेपाललाई साक्षर अभियानको कक्षा सञ्चालन गर्ने जिम्मा दिइएको छ । नयाँ समाज नेपालले धनुषा गोविन्दपुरमा ३७ वटा कक्षा सञ्चालन गर्दै आएको अनुगमनका खटेका निमित्त शिक्षा अधिकारी झाले बताए । अनुगनको क्रममा उनले साक्षर अभियानलाई सफल बनाउनका लागि सहभागीलाई अझ बढाउनु पर्नेमा जोड दिए । तराईका जिल्लामा अनौपचारिक शिक्षा प्रति खासै चासो नराख्ने सर्वसाधारणलाई आवश्यक चेतना दिई सहभागी गराउन उनले सुझाए । धनुषामा यसवर्ष सात हजार एक सय ९० कक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालय धनुषा तथा साक्षर अभियान नेपालले विभिन्न गैरसरकारी संघसंस्थालाई अनुमति दिएको छ ।

प्रतिक्रिया