स्वास्थ्य विभागको निर्णय बेवास्ता गर्दै जनकपुर अञ्चल अस्पताल

Janakpur-Hospitalजनकपुरधाम, २४ जेठ । नेपाल सरकार स्वास्थ्य विभागले जिल्लास्थित सरकारी अस्पतालमा

वितरण गरिने ४० प्रकारको निःशुल्क औषधिको संख्या बढाएर ७० पु¥याएको छ । तर, जनकपुर अञ्चल अस्पतालमा विभागले तोकेबमोजिमको निःशुल्क औषधि बिरामीले पाउन सकेका छैनन् ।
जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको कमिसनको प्रलोभनमा अस्पतालमा जाँच गराउन गएका बिरामीले एउटै औषधि निःशुल्क पाउन सकेका छैनन् । चिकित्सकले लेख्ने औषधि र निःशुल्क रूपमा अस्पतालमा आउने औषधिको नाम फरक हुँदा अस्पतालमा आउने लाखौँको औषधि डिस्पोज गरिने गरिएको छ ।

बिरामीले अनावश्यक हजारौँ रकम औषधिमा खर्चिनुपरेको छ । पैसा अभावमा सरकारी अस्पतालमा परीक्षण गराउन आएका गरिब विपन्न परिवारले सरकारी सुविधा बमोजिम औषधि पाउन नसक्नु मौलिक हकभित्र नागरिकको स्वस्थ्यप्रतिको अधिकारसमेत हनन् हुँदै आएको छ ।

अञ्चल अस्पताल जनकपुरले एक सय १२ प्रकारको औषधि निःशुल्क वितरण गर्ने सूची तयार गरेको छ र सो बमोजिम औषधि खरिद पनि गरिन्छ । तर, चिकित्सकले प्रेस्क्राइब गरेको औषधि अस्पतालले खरिद गरेको औषधिसित मेल नखाँदा बिरामीले बाध्यात्मक अवस्थामै औषधि खरिद गर्नुपरेको छ ।

अस्पतालमा पुवर फन्डबाट बर्सेनि २५ लाखको औषधि खरिद गरिन्छ । त्यसैगरी अस्पतालले आमा सुरक्षा कार्यक्रम अन्तर्गत १० हजार बिरामीका लागि एक करोड ३५ लाखको औषधि बर्सेनि खरिद गर्दै आएको छ ।

तर, चिकित्सक भने अस्पतालले निःशुल्क उपलब्ध गराउने औषधिको सूची उपलब्ध नगराउँदा बजारमा पाइने महँगो औषधि लेख्न बाध्य भएको बताउँछन् । तर, अस्पतालका स्टोरकिपर प्रदीप यादव भने चिकित्सकलाई अध्यावधिक गर्नुका साथै एक सय १२ प्रकारका औषधिको सूची उपलब्ध गराई सोही बमोजिम प्रेस्क्राइब गर्न सुझाब दिँदै आएको भए पनि चिकित्सकले निःशुल्क पाइने औषधिका नाम लेख्न आनाकानी गर्दै आएको बताउँछन् ।

जनकपुरका चर्चित चिकित्सकहरू गौराङ मिश्रा, बलराम मिश्रा, स्त्री रोग विशेषज्ञ विजय कुमार सिंह, कल्पना बछार, राखी साह, रामजी यादव, सूर्यनारायण यादबलगायतले लेख्ने औषधि अस्पतालले उपलब्ध गराएको निःशुल्कसित मेल नखाएको अस्पताल बिकास समितिका अध्यक्षसमेत रहेका डाक्टर नागेन्द्र यादव स्विकार्छन् ।

विपन्न र गरिब परिवारका लागि वार्षिक करोडौँको औषधि खरिद गरेर वितरण गर्ने लक्ष्य राखिए पनि चिकित्सकको कमिसनमुखी गतिविधिले बिरामीको अधिकार कुन्ठित हुँदै आएको छ । चिकित्सक भने दिन दुई गुणा रात चार गुणा प्रगतितिर लागेका छन् । औषधि कम्पनीले आफ्नो औषधि प्रेस्क्राइब गरेको भन्दै डाक्टर गौराङ मिश्रसहित विजय सिंहलगायतलाई दर्जनाँैपटक विदेश पनि घुमाएका छन् ।

पूर्णरूपमा सेवाको पेसा रहेको स्वास्थ्य क्षेत्रमा चिकित्सकले गर्ने व्यवहार र कमिसनमुखी गतिविधिले राज्यले प्रदान गर्ने सेवासुविधा विपन्न, गरिब र असहायले पाउनबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया